Websoft University

www.radiomakalu.com || 021-522512


के तपाईं पनि खानुहुन्छ केरा र मेवा ? थाहा पाउनुस् कति विषालु छन् यी




के तपाईं पनि खानुहुन्छ केरा र मेवा ? थाहा पाउनुस् कति विषालु छन् यी
स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक हुने देखेर धेरैले फलफूलको सेवन गर्ने गर्छन् तर केमिकलले पकाएका कारण यसले तपाईंलाई फाइदा गर्नुको साटो बिगार्ने काम गर्दछ । तर यदि तपाईं चाहनुहुन्छ भने विषादि र प्राकृतिक रुपमा पाकेको फलमा भिन्नता पाउन सक्नुहुन्छ ।

फलफूललाई पकाउनका लागि क्याल्सियम कार्बाइड, कार्बेट र एथिलिनजस्ता केमिकलको प्रयोग गरिन्छ । इथिफानेको झोलमा केरा हाल्दा त्यसको बोक्राको प्वाल खुल्ने गर्दछ जसका कारण केरा चाँडै पाक्छ । तर प्वाल खोलिने भएकाले उक्त केमिकल भित्र छिर्दछ । क्याल्सियम कार्बाइड र कार्बेटका कारण मेवा र आँप चाँडै पाक्ने गर्दछ र यसको रङ पनि पहेंलो हुने गर्दछ । यस्तो फल स्वास्थ्यको दृष्टिकोणले हानिकारक र प्राकृतिक स्वादको अभाव हुने गर्दछ ।

डा. शम्सका अनुसार क्याल्सियम कार्बाइड, इथिफोन र यससँग मिल्दोजुल्दो केमिकल शरिरका लागि निकै खतरनाक हुन्छ । इथिफोनबाट निस्कने ग्यासबाट आँखा र छालामा जलन, सास फेर्न कठिनाई र रिंगटा लाग्नेजस्ता समस्या निम्तिन सक्छ ।

केमिकल र ग्यासमार्फत पाकेको केरा, मेवा र आँप पहेंलो देखिन्छ जबकी प्राकृतिक रुपमा पाकेको फलमा हरियो रंग पनि हुन्छ ।

यस्तै प्रकारले कृत्रिम रुपमा पकाइएको केरामा प्राकृतिक स्वादको कमी हुन्छ । त्यसको भित्रि भाग कडा हुने गर्दछ ।

केरामा केमिकल छ भन्ने थाहा पाउने सबैभन्दा सजिलो उपाय भनेको २४ घण्टापछि केराको बोक्रा कालो हुन थाल्छ ।

यसरी पकाइन्छ केराः
एउटा भाँडोमा एक लिटर पानीमा १० मिलि लिटर जी–पान नामक रसायन मिसाइन्छ । यो केमिकलमा ३९ प्रतिशत इथिफोन र अन्य केमिकल हुने गर्दछ ।

यसरी पकाइन्छ आँपः
आँप पकाउनका लागि पनि कार्बेट नामक केमिकलको प्रयोग गरिन्छ ।

रसाइनले पकाएको फल खाँदा बान्ता आउने, रिंगटा लाग्ने हुने गर्दछ । यसले दीर्घ रुपमा मृगौला र कलेजोलाई हानी पुर्याउँछ त्यसकारण यी कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

कार्बाइडले पकाइएको फलबाट क्यान्सर हुनसक्छ । कार्बोट र एसिटिलिन ग्यासले पकाएको फलले पाचन र इम्युनिटी कम हुने गर्दछ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget