Websoft University

www.radiomakalu.com || 021-522512


सेनाको राष्ट्रिय सेवा दलको तालिम लिएका विद्यार्थी भन्छन ‘पहिले अस्तव्यस्त थियौँ, अब व्यवस्थित भएका छौँ’






इटहरी , माघ २८ गते । सिराहाको एपोलो ओम उच्च माविका विद्यार्थी नरेस कुमार मण्डल आफ्नो दैनिकीमा निक्कै अल्छे भएको आँफै स्विकार्छन । विहान सात बजेपछि मात्रै उठ्ने मण्डल आजकाल हरेक विहान साढे पाँच बजे नै आफै उठ्छन् । ‘सर पहिले घरमा ममिले बोलाँउदा पनि उठ्दिन थिए तर आजकाल कसैले नबोलाइ म बिहान आँफै उठ्छु’, राष्ट्रिय सेवा दलको बार्षिक सामुहिक सिविर याङसिलामा गफिएका मण्डलले भने, ‘यो सबै एनसीसी(राष्ट्रिय सेवा दल)को कार्यक्रममा आएपछि भएको हो ।’ कक्षा दशका विद्यार्थी मण्डल आफुले समयको महत्व, देश प्रेम र अनुसासन सिकेको बताउछन । सिराहाकै महोम्मद अल्ताप हुसेन पनि एनसीसीमा आएपछि आफुमा थुप्रै परिवर्तन आएको सुनाँउछन । ‘पहिले हामि साधारण मान्छे थियो अब यो तालिमले हामी देशको मान्छे भयो’, याङसिलाको सावित्री मावीमा भएको एनसीसीले गरेको निशुल्क स्वास्थ्य जाँज सिविरमा स्वयंसेवामा व्यस्त हुशेनले आफ्नै लवजमा बोल्दै भने, ‘हाम्रो जाता, भाषा, धर्म र संस्कृती भरक भएपनि हामी एउटै हुन सक्छौँ जसका लागी हामी मिलेर बस्नुपर्छ ।’


हुशेन र मण्डल जस्तै सेवा दलको तालिमले आफुमा निक्कै धेरै परिवर्तन ल्याएको ओखलढुंगाका महेस मगरले बताए । सगरमाथा जनता माविका विद्यार्थी मगरले आफुले स्कुलमा नसिकेका थुप्रै कुराहरु सेनाको सेवा दलमा सिकेको सुनाए । ‘मैले खुकुरी ड्रिल, एरोबिक डान्स, तनाव व्यवस्थापन, मास पिटी, तेकवान्दो र कराँते जस्ता धेरै कुराहरु सिके’, मगर भन्छन, ‘प्राकितीक प्रकोपको व्यवस्थापन बारेमा पनि मैले एनसीसीबाट थुप्रै कुराहरु जानेको छु ।’ मगर त भन्छन, ‘पहिले अस्तव्यत थियौँ तर अहिले अनुसासित भएका छौँ ।’आफ्ना आमा बाबुसँग बिनम्र नबोल्ने गरेको बताएका झापाको पुहालु जनज्योति स्कुलका रविन थापाले पनि आफुमा एनसीसीको तालिमले धेरै अनुसासनको कुरा सिकाएको बताए । ‘अनुसासन र आत्मविस्वाका बारेमा मैले सबैभन्दा धेरै सिके’, थापा भन्छन, ‘यस्तो राम्रो मैले कहिल्यै सिकेको थिइन ।’





सिराहाका लक्ष्मि गुप्ता र निरु सिंहले पनि आफुहरुले एनसीसीमा धेरै कुरा सिकेको बताए । आफ्नो घरबाट कहिल्यै टाढा नगएको बताएका उनिहरुले आफुले धरान, याङसिला मात्रै हैन पुरा पाहाडमा धेरै समय बस्न नपाएको तर एनसीसीमा आएपछि त्यो अवसर पाएको बताए । ‘अनुसासन, समय व्यवस्थापन र समाज सेवाको बारेमा मैले यहाँ आएपछि थुप्रै कुराहरु सिँके’, याङसिलामा बौल्दै निरु सिंहले भनिन, ‘मैले घरबाहिर गएर केहि कुराहरु पनि यसरी सिकेको थिइन तर एनसीसीमा सिके ।’
के हो राष्ट्रिय सेवा दल?


स्कुले विद्यार्थीहरुलाइ अनुशाशित, कर्तव्यनिष्ठ र देशभक्त बनाँउन नेपाल सेवा दल बनेको दलका सेनानी आदित्य कार्कीले बताए । २०२२ सालबाट सुरु भएको शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको संयुक्त कार्यक्रम राष्ट्रिय सेवा दलका सुरुका दिनहरुमा पाँच सय भन्दा कम संख्यामा विद्यार्थीहरुलाइ तामिल प्रदान गरिएकोमा पछिल्ला बर्षहरुमा संख्या बढ्दै यो बर्षमा चार हजार पुगेको मेजर कार्कीले बताए । अर्को बर्षबाट यो संख्या ६ हजार पुग्ने कार्कीले बताए । स्कुले विद्यार्थीहरुलाइ दिइने यो तालिमका सहभागीलाइ आर्मिको स्थानिय व्यारेक र जिल्ला शिक्षा कार्यालयले छनौट गर्ने मेजर कार्कीले बताए । कार्कीका अनुसार नेपाल सहित संसारका १८१ देशमा राष्ट्रिय सेवा दलको जस्तै कार्यक्रमहरु सन्चालन हुन्छन ।




१०० दिने तालिममा ७९ दिन सम्बन्धित जील्लाका सम्बन्धित विद्यालयमा गएर पाठ्यक्रम अनुसारका मास पिटी, ड्रील, विप्पद्ध व्यवस्थापन आदिका कार्यक्रमहरु प्रदान गर्ने मेजर कार्कीले जानकारी दिए । विद्यार्थीको पढाइलाइ असर नगरी यस्ता कार्यक्रम विद्यालयमै गएर गर्ने बताएका मेजर कार्कीका अनुसार २१ दिने कार्यक्रममा पनि दिनको दुइ घण्टा विद्यार्थीहरुलइ पढाइको कोचिङ्गका बेग्लै कक्षाहरु राखिने बताए । उनका अनुसार २१ दिनका बाँकि कक्षाहरु भने व्याक्तित्व विकास,समुदायसँगको अन्तरघुलन, साँस्कृतिक कार्यक्रमहरुमा एकै ठाँउमा विद्यार्थीहरुलाइ ल्याएर प्रदान गरिन्छ । चलिवेटी बेचविखन, ट्राफिक नियम,तनाव व्यवस्थापन तथा कुलतबारेका सचेतना जस्ता थुप्रै कार्यक्रमहरु कोर्ष भित्र रहेको कार्की बताँउछन । तालिम लिएकाहको रेकर्ड सिडीयो कार्यालय तथा जिल्ला शिक्षा कार्यलयले राख्ने र देशमा अफ्ट्यारो समयमा त्यो जनशक्तिलाय स्वयंशेवी शक्तिको रुपमा प्रयोग गर्न सकिने कार्कीले बताए । ‘पछिल्लो भुकम्पमा म दोलखा, सिन्धुपाल्चोक, रामेछाप गाएको थिए’, यस्ता तालिमको राष्ट्रलाइ हुने प्रत्यक्ष फाइदा बारेको आफ्नो अनुभव बाँड्दै कार्की भन्छन, ‘राष्ट्रिय सेवा दलको तालिम लिएका पुर्व विद्यार्थीहरुले प्रकोप व्यवस्थापनमा नेतृत्व गरेको पाँए । त्यस्ता कामले देशलाइ अफ्टयारो हुँदा सहज हुन्छ ।’



-    पूर्वेली न्यूजबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget