
काठमाडौं, माघ २८ गते । साताको छैटौं दिन शुक्रबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ६ सयले घटेको हो । सुनचाँदी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५५ हजार ८ सय रुपैँया रहेको सुनको मुल्य शुक्रबार ५५ हजार २ सय रुपैँयामा झरेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि १० रुपैँयाले घटेको छ । अघिल्लो दिन ८ सय १५ रुपैँया रहेको चाँदीको मूल्य शुक्रबार ८ सय पाँच रुपैँया कायम भएको हो ।
Post a Comment