Websoft University

www.radiomakalu.com || 021-522512


हिगुइनको १६ औं गोल, युभेन्टसलाई ७ अंकको अग्रता



गोन्जालो हिगुइनको सिजनको १६ औं लिग गोलको मदतमा युभेन्टसले क्रोटोनलाई हराको छ । र, इटालियन सिरिएमा ७ अंकको प्रष्ट अग्रता हासिल गरेको छ । बुधबार राति भएको खेलमा युभेन्टसले क्रोटोनलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा क्रोटोनले पहिलो हाफ लिग लिडरलाई गोल गर्न दिएन । तर, ६० औं मिनेटमा मारियो मान्जुकिजले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।



खेलको ७४ औं मिनेटमा हिगुइनले गोल गर्दै टिमको जित पक्का गरे । उनको यो लिगमा सिजनको १६ औं गोल हो ।

यो जितसँगै युभेन्टसले दोस्रो स्थानमा रहेको रोमासँग ७ अंकको दुरी बनाएको छ । युभेन्टसको २३ खेलबाट ५७ अंक छ भने समान खेल खेलेको रोमाको ५० अंक छ ।

यो सिजन पनि सिरिएको उपाधि जितेमा युभेन्टस लगातार छैटौं पटक इटली च्याम्पियन बन्नेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget