Websoft University

www.radiomakalu.com || 021-522512


एकाबिहानै आइजीपीको निवास अगाडि बम आतंक !





काठमाडौं माघ २६ गते । नेपाल प्रहरीका प्रमुख (आइजीपी) उपेन्द्रकान्त अर्यालको नक्सालस्थित सरकारी निवास अगाडि बुधबार बिहानै बम भएको हल्ला फैलियो ।


बिहानै तीनबजे उक्त हल्ला फैलिएको खबरसँगै काठमाडौंका प्रहरी प्रमुख एसएसपी छबिलाल जोशी सहितका सुरक्षाकर्मीको ठूलो टोली त्यहाँ पुगे भने नेपाली सेनाको बम डिस्पोजल टोलीपनि पुग्यो ।
टोलीले सो स्थान नियन्त्रणमा लिएर बम भनिएको बस्तु डिस्पोज गर्ने क्रममा थाहा भयो कि कसैले खानेतेलको बाकसलाई कपडाले बेरेर राखिदिएको रहेछ।
महानगरीय प्रहरी बृत्त कमल पोखरीका डिएसपी महेश थापाले सो स्थानमा टिनको बाकस भेटिएको स्वीकारे ।

स्रोतका अनुसार दुई घण्टाको मेहनेतपछि सुरक्षाकर्मीको टोलीले आइजीपीको निवास अगाडि राखिएको बस्तु बम नभएर तेलको बाक्सा भएको पुष्टि गरेको थियो ।
एकाबिहानै बमको हल्ला फैलिएसँगै सो क्षेत्रमा त्रास समेत फैलिएको थियो । प्रहरीले कसले टिनको बाक्सा राख्यो र हल्ला फैलायो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यसअघि पनि विभिन्न समयमा यस्ता खालका हल्लाहरु फैलिने गरेका थिए ।- रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget