Websoft University

www.radiomakalu.com || 021-522512


नेपालले अर्को महिना इमर्जिङ कप क्रिकेट खेल्ने




केन्यासँगको खेल लगतै नेपालले एसीसी इमर्जिङ कप खेल्ने भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल मार्च ११ र १३ मा हुँदैछ । र, खेल कीर्तिपुरमा हुने लगभग पक्का छ । अहिले नेपाली राष्ट्रिय टोली यसको तयारीका लागि बन्द प्रशिक्षणमा छ ।

तर, केन्यासँगको खेल लगत्तै इमर्जिङ कप परेको छ । एसियन क्रिकेट काउन्सिल -एसीसी)ले मार्च १५ देखि २५ मा इमर्जिङ कप यूएईमा खेलाउने प्रस्ताव गरेको छ ।

जसमा एसियाका चार टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट यू-२३ वा ‘ए’ टिम सहभागी हुनेछन् भने नेपालसँगै अफगानिस्तान, यूएई र हङकङले खेल्नेछन् ।

यो मितिमा केही हेरफेर हुन सक्ने क्रिकेट अधिकारीहरु बताउँछन् ।

अरु कुन-कुन प्रतियोगिता नेपालले खेल्छ ?

एसीसीको प्रस्तावित क्यालेन्डर अनुसार नेपालले उमेर समूहका केही प्रतियोगिता पनि खेल्नेछ । जसमा यू-१६ मे १० देखि २४ सम्म थाइल्याण्डमा हुनेछ ।

यू-१९ एसिया कपको छनोट प्रतियोगिता सेप्टेम्बर १० देखि २२ सम्म मलेसियामा हुनेछ । उसमा छनोट भएमा नोभेम्बर ४ देखि १५ सम्म हुने एसिया कप खेल्न पाउनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget