Websoft University

www.radiomakalu.com || 021-522512


आगलागीबाट रु पन्ध्र लाखको क्षति

आगलागीबाट रु पन्ध्र लाखको क्षति

राजविराज, फागुन ४ गते । सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हँुदा रु पन्ध्र लाखको क्षति भएको छ । स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीले बताएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत नगद तथा जिन्सी गरी करिब रु १५ लाख मूल्य बरावरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहबाट गएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget