Websoft University

www.radiomakalu.com || 021-522512


पशुपतिको ‘वाक ओभर’, बाँसबारीमा कमल थापा र हरिबहादुरको गोप्य बैठक



थापालाई सर्वसम्मत बनाउने खेल सुरु

काठमाडौं,फागुन ४ गते । महाधिवशेनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने गृहकार्य सुरु भएको छ । यसका लागि बुधबार बिहानै राप्रपा नेता हरिबहादुर बस्नेतको बाँसबारीस्थित घरमा गोप्य छलफल भएको छ ।

बस्नेतको घरमा भएको गोप्य छलफलमा कमल थापाले पूर्वराप्रपा समूहका नेतासँग कसरी सहकार्य गर्ने भन्नेबारे छलफल गरेका छन् ।

राप्रपा स्रोतका अनुसार पशुपतिसम्शेर राणाले पार्टी अध्यक्षमा उम्मेद्वारी नदिने बताइसकेका छन् । राणाले उम्मेद्वारी नदिने भएपछि हरिबहादुर बस्नेत, बुद्धिमान तामाङ, नवराज सुवेदी, सुनीलबहादुर थापालगायतका पूर्वराप्रपा समूहका मझौला नेताहरु डा. प्रकाशचन्द्र लोहनीलाई भन्दा कमल थापालाई सघाउने पक्षमा उभिएका छन् ।

अनलाइनखबरलाई प्राप्त जानकारीअनुसार मंगलबार सुनिलबहादुर थापा लगायतका केही नेताहरु महाराजगञ्जस्थित पशुपति समशेर राणाको घरमा पुगेका थिए । त्यहाँ उनीहरुले पशुपति समशेर चुनाव लड्ने भए साथ दिने, नलड्ने भए आफूखुशी अघि बढ्न पाउनुपर्ने माग गरेका थिए । पशुपतिले चुनाव नलड्ने बताएपछि थापा लगायतका नेताहरु उसोभए हामी कमल थापातिरै लाग्छौं भन्दै हिँडेका थिए । त्यसैको भोलिपल्ट हरिबहादुरको घरमा कमल थापा र बस्नेतवीच वार्तालाप भएको हो ।

हरिबहादुर बस्नेत राप्रपाभित्र सुनील थापा, बुद्धिमान तामाङ, विक्रम पाण्डे र नवराज सुवेदी ग्रुपका नेता हुन् । बस्नेतले कमल थापासँग तपाईलाई सर्वसम्मत पार्टी अध्यक्ष बनाइन्छ, तर हाम्रो पनि माग सम्वोधन हुनुपर्छ भन्ने प्रस्ताव राखेको स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतका अनुसार यो समूहका दुईवटा माग छन्ः पहिलो- पार्टीभित्र सल्लाहाकार समिति बनाउने र शीर्ष नेताहरुलाई सम्मानित रुपमा त्यहाँ केही अधिकारसमेत दिएर राखिनुपर्छ र पार्टीको नेतृत्व कमल थापाले हाँक्नुपर्छ । र, दोस्रो- ‘कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाइसकेपछि पशुपतिसमशेर, डा. प्रकाशचन्द्र लोहनी र अन्य नेताका मानिसहरुमा पनि पार्टीभित्र सम्मानित ढंगले पावर सेयरिङ गरिनुपर्छ ।

यी मागहरुका विषयमा कमल थापा सकारात्मक बनेको अवस्थामा डा. लोहनीलाई पनि पशुपतिलाईजस्तै पछि हट्न लगाउने र कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउनका लागि पहल गर्ने सुनील थापा समूहले हरिबहादुर बस्नेतमार्फत कमल थापासँग प्रस्ताव गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

दीपक बोहोराको बेग्लै बार्गेनिङ

उता आपूर्तिमन्त्री दीपक बोहोराले पनि कमल थापासँग बार्गेनिङ सुरु गरेका छन् । बोहोराको सम्बन्ध पशुपति समशेर र सुनिल थापाहरुसँग राम्रो छैन । त्यसैले बोहोरा बेग्लै ढंगले कमल थापासँग बार्गेनिङ गरेर आफ्नो पोजिसन राम्रो पार्न चाहन्छन् ।

यही योजना अन्तरगत बोहोराले बुधबार दिउँसो कमल थापासँग बैठकका लागि समय मागेका छन् । स्रोतका अनुसार मन्त्री बोहोराले डा. प्रकाशचन्द्र लोहनीको साटो कमल थापालाई सघाउने भित्री बचन दिइसकेका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget