Websoft University

www.radiomakalu.com || 021-522512


बिल्बाओमाथि बार्सिलोनाको सहज जित




स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ३-० ले हराएको हो । यससँगै बार्सिलोनाले लिग लिडर रिगल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा पाको अलासरको गोलबाट अग्रता लिएको थियो । ला लिगामा बार्सिलोनाका लागि उनको यो पहिलो गोल हो ।

४० औं मिनेटमा लिओनल मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २-० को अग्रता लिन सफल भयो ।

खेलको ६७ औं मिनेटमा भिडालले गोल गरे र बार्सिलोना ३-० ले विजयी भएको छ ।

जितसँगै बार्सिलोना २१ खेलबाट ४५ अंकका साथ दोस्रो स्थानमा छ । लिग लिडर रियल मड्रिडको ४६ अंक छ । तर, उसले दुई खेल कम खेलेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget