Websoft University

www.radiomakalu.com || 021-522512


दुई हृयाट्रिक, दुई रेड कार्ड, पेनाल्टी मिस र नापोलीले बनायो रेकर्ड



मारेक हामसिक र ड्रिस मार्टिन्सको हृयाट्रिकसँगै नापोलीले इटालियन सिरिएमा बोलागानमाथि ७-१ को जित हात पारेको छ । र, यो सिरिएमा नापालीले अहिलेसम्म हात पारेको ठूलो अवे जित हो ।

बोलोगानको घरेलु मैदानमा भएको खेलमा नापोलीले चौथो मिनेटमा नै हामसिकको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै इन्सिन्याले अग्रता दोब्बर पारे ।
खेलको २६ औं मिनेटमा बोलोगानका मासिया डेस्ट्रो पेनाल्टीमा गोल गर्न चुके । लगतै नापोली १० खेलाडीमा सिमित भयो । उसका काल्लेयोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ६ मिनेटछि बोलोगान पनि १० खेलाडीमा सिमित भयो । उसका मासिनाले रातो कार्ड पाएका थिए ।

मार्टिन्सले ३३ औं मिनेटमा गोल गर्दै नोपालीको अग्रता ३-० मा पुर्‍याए । ३६ औं मिनेटमा घरेलु टोलीका लागि टोरोसिडिसले गोल गरे । तर, ४३ औं मिनेटमा मार्टिन्सले दोस्रो गोल गर्दै नापोलीलाई पहिलो हाफमा ४-१ को अग्रता दिलाए ।

७० र ७४ औं मिनेटमा गोल गर्दै मारेक हामसिकले हृयाटि्रक पुरा गरे । ९० औं मिनेटमा मार्टिन्सले पनि हृयाटि्रक गर्दा नापोली ७-१ ले विजयी भएको छ ।

जितपछि नोपोली २३ खेलबाट ४८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर युभेन्टसको ५१ अंक छ । र, उसले दुई खेल कम खेलेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget