Websoft University

www.radiomakalu.com || 021-522512


मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना, दिइयो पाठी बली



काठमाडौँ, माघ २४ गते । रामेछापको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ । स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन् । शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन मात्र पूजाआजा हुने गरेको छ, आजको नयाँ पत्रिकामा खबर छ ।



मन्दिरबा पुजारी बाहिरिएसँगै नियमित पूजाआजा सबै रोकियो । कृष्णकुमारले पाठी बलि दिन पाएनन् । त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो । दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्माका परिवारसहित छलफल भयो । छलफलमा कृष्णबहादुरको गल्ती ठहर्‍याइयो । मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे । उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए । पुजारीले रकम लिएसँगै आफूले लगेको पाठी बलि दिएको कृष्णकुमारले टेलिफोनमार्फत जानकारी दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget