Websoft University

www.radiomakalu.com || 021-522512


हुलाकी राजमार्गमा दश नयाँ शहर



काठमाडौँ, माघ २४ गते । सडक विस्तरमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्गमा नयाँ दश शहरको विकास हुने भएको छ ।


नयाँ सहर विकास आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले तराई–मधेसको विकासका लागि हुलाकी राजमार्गमा दश नयाँ शहर विकास गर्ने अवधारणा सरकारले अगाडि सारेको बताए, आजको गोरखापत्रमा खबर छ | उनले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म हुलाकी राजमार्गमा दश नयाँ शहर विकासका लागि सरकारले स्थान छनोटबारे अध्ययन सुरु गरिसकेको जानकारी दिए । यो राजमार्गको कुल लम्बाइ झापाको भद्रपुरदेखि महाकालीको दोधारा चाँदनीसम्म करिब एक हजार ६०० किलोमिटर छ ।
यस आयोजनाको काम आव २०६३/६४ मा काम सुरु भई २०७४÷७५ मा सम्पन्न हुने अपेक्षा गरिए पनि हालसम्म विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) नै बन्न सकेको छैन ।
आयोजनाका निर्देशक कण्ठका अनुसार मध्यपहाडी लोकमार्गमा छानिएका दश शहरको मापदण्डजस्तै हुलाकी राजमार्गमा पनि दशवटा शहर विकासका लागि बस्ती सङ्कलनको नाम छनोटका लागि अध्ययन प्रक्रिया सुरु गरिएको छ ।
हुलाकी राजमार्ग र सो वरिपरि व्यवस्थित सहरको विकास गरी यो भेगमा शहरीकरण गरिने उद्देश्यसहित २०७२/७३ को बजेट वक्तव्यमा सरकारले हुलाकी राजमार्गमा दशवटा नयाँ शहर विकास गर्ने अवधारणा अघि सारेको थियो । चालु आर्थिक वर्षमा सरकारले परामर्शदाता नियुक्त गरी बस्ती छनोट प्रक्रिया अगाडि बढाइएको जानकारी आयोजना निर्देशक कण्ठले जानकारी दिए ।
अहिले तराई–मधेसमा रहेका साबिकका ५८ वटा नगरपालिका बाहेकका स्थानमा नयाँ शहरको विकास गर्न लागिएको जानकारी उनले दिए । विकास गर्न लागिएका नयाँ शहरको घोषणा तराईमा रहेका साबिकका नगरपालिका, उपमहानगरपालिकाबाहेक नवघोषित नगरपालिका, गाउँपालिका, बजार केन्द्र वा बस्ती मध्येबाट गरिने जानकारी उनले दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget