Websoft University

www.radiomakalu.com || 021-522512


जब बर्दीमै समातिए सुन तस्करसँग साँठगाँठ गर्ने एसएसपी

काठमाडौं, माघ २४ गते । सुन तस्करसँग साँठगाँठ रहेको अभियोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । २१ पुसमा दुबईबाट आएको ३३ किलो पाँच सय ग्राम सुन त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको भन्सारबाट पास गराउन उनको संलग्नता रहेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रहरी प्रधान कार्यालयबाटै आइतबार दिउँसो बर्दीमै उनलाई पक्राउ गरेको हो, आजको राजधानीमा खबर छ ।

उनलाई पक्राउ गर्न सीआईबीका डीएसपी प्रविण पोखरेलको टोली गएको थियो । टोली पुग्दा उनी बर्दीमै थिए । सो टोलीले पक्राउका लागि आएको जानकारी गराएपछि उनले बर्दी फुकालेका थिए । सुन तस्करीजस्तो जघन्य अपराधमा प्रहरी प्रधान कार्यालयबाटै समातिएका उनी प्रहरी इतिहासमै पहिलो उच्चपदस्थ अधिकृत हुन् ।

यसअघि पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका कर्मचारीले दिएको बयानका आधारमा एसएसपी खत्री पक्राउ परेका हुन् । एसएसपी खत्रीलाई ३ माघमै विमानस्थलबाट प्रहरी प्रधान कार्यालय झिकाइएको थियो ।

भन्सारका कर्मचारीहरुसँग उनको संलग्नता देखिएको र सुनलाई विमानस्थलबाट बाहिर पठाउन सहयोग गरेको सीआईबीको अनुसन्धानको क्रममा देखिएकाले तत्कालै नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

शंकास्पद मोवाइल नम्बरबाट भन्सारमा कार्यरत अधिकृत श्रीनारायण यादवसँग बारम्बार सम्पर्कमा रहेको र उनले नै सुरक्षाको जिम्मा लिएको पनि सीआईबीले जनाएको छ । ‘तस्करको मुख्य जालोमा पुग्ने एउटा माध्यम फेला परेको छ, यसपछि क्रमशः अन्य सञ्जाल पनि भत्कदै जानेछ,’ सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले भने ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget