Websoft University

www.radiomakalu.com || 021-522512


आगलागीबाट रु पाँच लाख बराबर क्षति

आगलागीबाट रु पाँच लाख बराबर क्षति
लहान,  फागुन  ६ गते । सिरहाको कचनारीमा गएराति भएको आगलागीमा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । कचनारी–६ निवासी मानवीर यादवको गोठबाट राति ११ बजेतिर सल्किएको आगोले नजिकै रहेको रजुई यादव, मुनिलाल यादव, शिवकुमार यादव र घुरन यादवको गोठ समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget