Websoft University

www.radiomakalu.com || 021-522512


धर्मशाला निर्माणका लागि जग्गादान

धर्मशाला निर्माणका लागि जग्गादान
राजविराज,  फागुन  ६ गते । सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा निर्माण हुने धर्मशाालाका लागि एक व्यक्तिले जग्गादान गर्ने घोषणा गरेका छन् । बुधबारदेखि खुरहुरियामा सुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको प्राङ्गणमा बिहीबार एक कार्यक्रमबीच सोही ठाउँ बस्ने वडा नम्बर ६ निवासी अवकाश प्राप्त शिक्षक महिनारायण यादवले धर्मशाला निर्माणका लागि एक कट्ठा जग्गादान गर्ने घोषणा गर्नुभएको छ ।

यस्तै, मलेकपुर गाविसका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद यादवकी आमा लडुवतीदेवी यादवले सो धर्मशाला निर्माण गर्नका लागि रु एकलाख एक हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ भने त्यहीँका अर्का कपलेश्वर यादवले पनि रु ६० हजार धर्मशाला निर्माणका लागि दिने बताइएको छ । एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले बुधबारदेखि यहाँ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget