Websoft University

www.radiomakalu.com || 021-522512


त्रुटीपूर्ण पाठ्यपुस्तक छापिँदै , प्रज्ञाको निर्णय टेरेन पाठ्यक्रम विकास केन्द्रले



काठमाडौं , पुष ९ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले वर्णविन्यास सच्याए पनि नयाँ शैक्षिक सत्रमा नेपाली किताब त्रुटीपूर्ण वर्णविन्यासका साथ प्रकाशित भएर आउने भएको छ । पाठ्यक्रम विकास केन्द्रले प्रज्ञाको निर्णयलाई बेवास्ता गर्दै त्रुटीपूर्ण वर्णविन्यासका साथ नै धमाधम पाठ्यपुस्तक छापिरहेको छ ।

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले नयाँ शैक्षिक सत्रका लागि नेपाली किताब पुरानै (त्रुटीपूर्ण) वर्णविन्यासका साथ छापिएको बताए । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको र शिक्षा मन्त्रालयबाट पनि संशोधन गरी छाप्ने निर्देशन नआएकोले पुरानै रूपमा छापिन लागेको उनको तर्क छ ।

भाषाविद् शरच्चन्द्र वस्ती त्रुटी भएको थापा पाएर पनि जानाजान विद्यार्थीलाई त्रुटीपूर्ण पुस्तक पढ्न बाध्य बनाउनुलाई शैक्षिक अपराधको संज्ञा दिन्छन् । नयाँ पुस्तालई जग नै गलत हुने विकृत बाटोतिर लैजाने यो काम जतिसक्दो चाँडो रोक्नुपर्नेमा उनले जोड दिए । “जुन निकाय (प्रज्ञा प्रतिष्ठान)ले सिफारिस गरेको हो, उसैले गलत भएछ भनेर सच्याइसकेपछि शिक्षा मन्त्रालयले आफ्नो निर्णय सच्याएर शुद्ध पुस्तक छाप्नुपर्छ,” उनले भने । नयाँ शैक्षिक सत्र सुरु हुन अब करिब ८० दिनमात्र बाँकी छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक काप्री भने प्रज्ञा प्रतिष्ठान र त्रिवि नेपाली केन्द्रीय विभागले हिज्जे र वर्णविन्यासका सम्बन्धमा अपरिपक्व निर्णय गरेकाले मन्त्रालयको निर्णय नआउन्जेल पर्खिने बताउँछन् ।

प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले जनगुनासो र प्राज्ञिक क्षेत्रको भावना बुझेर समायोजित कदम उठाइसकेको र अब सरकारले त्यता ध्यान दिनुपर्ने बताए । प्रज्ञाबाट प्रकाशित बृहत् शब्दकोशको पछिल्लो संस्करणलाई लिएर आन्दोलनमा लागेका भाषाप्रेमी तथा अन्य सरोकारवालाले नै त्यतातिर ध्यान पुर्याउनुपर्नेमा उप्रेतीले जोड दिए ।

भाषाविद्हरू भन्छन्– नेपालीका शुद्ध शब्दहरूलाई अशुद्ध बनाएर लेख्ने–छाप्ने कार्यको थालनी ०६७ सालमा कक्षा ११ को पाठ्यपुस्तक ‘सबैको नेपाली’मार्फत गरिएको थियो । यद्यपि ०६९ साउन २३ गते तात्कालीन शिक्षामन्त्रीले नै त्रुटीपूर्ण वर्णविन्यास सम्बन्धी निर्देशनलाई स्वीकृति दिएका थिए । - विजेता चौधरी , बाह्रखरीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget