Websoft University

www.radiomakalu.com || 021-522512


सिरियाली बालिकाको ट्रम्पलाई चिठ्ठी





अलेप्पो – द्वन्द्वग्रस्त सिरियाको अलेप्पोबाट ट्वीट गरेपछि चर्चा कमाएकी ७ वर्षीया बालिका बाना अलाबेदले नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठ्ठी लेखेकी छिन् ।

चिठ्ठीमा बानाले ट्रम्पलाई सिरियाको बालबालिका उनको छोराछोरी जस्तो भएको र उनीहरुको पनि शान्तिसँग बाँच्ने अधिकार रहेको बताउँदै उनीहरुका लागि केही गर्न आग्रह गरेकी छिन् ।

गत डिसेम्बरमा अलेप्पो छाडेकी बाना हाल टर्कीमा शरणार्थीको रुपमा बस्दै आएकी छिन् ।

द्वन्द्वका दौरान पूर्वी अलेप्पोबाट उनले गर्ने ट्वीट निकै चर्चित बनेको थियो ।

उनको ट्वीटर एकाउण्ट सञ्चालन गर्न सहयोग गरिरहेकी आमा फातिमाले बिबिसीलाई उक्त पत्र पठाएकी थिइन् ।

उनका अनुसार बानाले उक्त पत्र ट्रम्पले राष्ट्रपतिको सपथ खानभन्दा धेरै अघि लेखेकी थिइन् । ‘उनले सँधै ट्रम्पलाई टेलिभिजनमा देख्थिन्,’ फातिमाले भनिन् ।

यस्तो छ पत्र,

प्रिय डोनाल्ड ट्रम्प,
मेरो नाम बाना अलाबेद हो र म सिरियाको अलेप्पोकी ७ वर्षीया बालिका हुँ ।

गत डिसेम्बरमा पूर्वी अलेप्पो छाड्न अघि म परिवारसँग सिरियामा नै बस्थेँ । सिरियामा जारी द्वन्द्वको चपेटा पर्ने सिरियाली बालबालिका मध्ये एक हुँ ।

तर, अहिले म टर्कीको नयाँ घरमा शान्तिसँग बसिरहेकी छु । अलेप्पोमा छँदा म स्कूलमा पढ्थेँ । तर, बमबारीमा म पढ्ने स्कूल भत्कियो ।

मेरा केही साथीहरु पनि मारिए ।

म उनीहरुका लागि निकै दुखी छु । यदी उनीहरु आज मसँग यहाँ भएको भए, म उनीहरुसँग खेलिरहेकी हुन्थे । म अलेप्पोमा छँदा बाहिर खेल्न पाइँन, त्यो सहर मृत्युको सहर थियो ।

अहिले टर्कीमा म बाहिर निस्कन पाउँछु, मनोरञ्जन गर्न पाएँछु । म स्कूल पनि जान पाउँछु तर अहिलेसम्म गएकी छैन । त्यही भएर शान्ति तपाइँजस्तै सबैको लागि महत्वपूर्ण छ ।

तर, लाखौँ सिरियाली बालबालिकासँग मजस्तै अवसर छैन । उनीहरु अहिले पनि सिरिया विभिन्न भागमा कठोर जीवन बाँच्न बाध्य छन् । उनीहरु वयस्क भनिएका व्यक्तिहरुका कारण दुःख पाइरहेका छन् ।

मलाई थाहा छ तपाइँ अमेरिकाको राष्ट्रपति बन्नुहुनेछ । त्यसैले तपाइँ सिरियाको बालबालिका र जनतालाई बचाउन केही गर्न सक्नुहुन्छ ? तपाइँले सिरियाको बालबालिका लागि केही गर्नुपर्छ किनभने उनीहरु पनि तपाइँको छोराछोरी जस्तै हुन्, उनीहरुलाई पनि शान्तिसँग बाँच्ने अधिकार छ ।

यदी तपाइँ सिरियाको बालबालिका लागि केही गर्ने वाचा गर्नुहुन्छ भने म पहिले नै तपाइँको साथी बनिसक्नेछु ।

तपाइँले सिरियाको बालबालिका लागि केही गर्नुहुन्छ भनेर आशा लिएर बसिरहेकी छु ।

हाल बाना बसिरहेको टर्कीले सिरियाको विद्रोही पक्षलाई समर्थन गर्छ । ट्रम्पको समर्थन कसलाई रहनेछ भन्ने कुरा अझै खुलेको छैन ।

अमेरिकी राष्ट्रपतिले धेरै पटक रसियासँग राम्रो सम्बन्ध बनाउने कुरा दोहोराएका छन् । भ्लादिमिर पुटिनले सिरियाका राष्ट्रपति असादलाई समर्थन गरिरहेका छन् ।

अहिले इरान, रसिया र टर्कीले संयुक्त रुपमा तीन हप्ताका लागि युद्धविरामको घोषणा गरेका छन् । यसबीच स्थायी शान्तिका लागि वार्ता जारी रहेको छ ।

तर, असाद सरकार र विद्रोही समूहको मन्जुरी बिना यो युद्धविराम कति टिक्छ भन्ने कुराको यकिन भने छैन ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget