Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल बनाउन थाल्ने !

६ मुस्लिम राष्ट्रका आप्रवासीमाथि प्रतिबन्धको तयारी
donald-trump  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पूर्व प्रतिवद्धता अनुरुप अमेरिका-मेक्सिको बोर्डरमा पर्खाल लगाउन सुरु गर्ने संकेत दिएका छन् । साथै केही दिनभित्रैमा ६ वटा ‘खतरनाक मुस्लिम राष्ट्र’का आप्रवासीहरुमाथि अस्थायी प्रतिवन्ध लगाउने सम्भावना बढेको छ ।
राष्ट्रपतिको चुनावी अभियानका क्रममा रिपब्लिकन ट्रम्पले मुसलमानहरुलाई अमेरिका छिर्न नदिने र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने वाचा गरेका थिए । त्यही वाचालाई पूरा गर्न उनले तत्काल कदम चाल्ने तयारी गरेका हुन् ।

पर्खाल लगाउने सन्दर्भमा बुधबार नै उनको कार्यकारी आदेश आउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आप्रवासीमाथिको प्रतिवन्धका विषयमा भने निर्णय लिन केही दिन लाग्नेछ । प्रतिवन्ध लगाउने तयारी गरिएका राष्ट्रहरुमा इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
राष्ट्रपति ट्रम्पले मंगलबार एउटा ट्वीट गरेर ठूला घोषणाहरु आउनसक्ने संकेत गरे । उनले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रिय सुरक्षाका सन्दर्भमा भोलि ठूलो दिन हुनेछ । अरु धेरै कुराहरुका सााथमा हामी पर्खाल बनाउन सुरु गर्नेछौं ।’
पर्खाल लगाउनका निम्ति संघिय सरकारले सोझै रकम निकासा गर्नेछ । ट्रम्पले अर्को साता मेक्सिकोको राष्ट्रपति एनरिक पेना नियटोलाई ह्वाइट हाउसमा भेट्ने कार्यक्रम छ ।
ट्रम्पको योजनाले सिरियाकासहित अधिकांस शरणार्थीहरुलाई अमेरिका आउनबाट रोक्नेछ । अपवादका रुपमा, उत्पीडनका कारण भागेर आएका धार्मिक अल्पसंख्यकहरुलाई भने प्रवेश दिइने छ जुन सिरिया तथा अन्य मुस्लिम राष्ट्रहरुमा रहेका क्रिस्चियनहरुको हकमा लागू हुन्छ । तर चार महिनासम्म सबै खाले शरणार्थीलाई प्रवेश निषेध गरिने बताइएको छ ।
६ वटा मुस्लिम राष्ट्रका नागरिकलाई दिने भिसामा तत्कालै रोक लगाउने पनि स्रोतहरुले जनाएका छन् । को यस्तो रोक कम्तिमा ३० दिनका लागि हुनेछ ।
भिसा प्रक्रियामा संलग्न एक अधिकारीका अनुसार ट्रम्पले अमेरिकी विदेश मन्त्रालयलाई ती राष्ट्रहरुमा भिसा रोक्नका लागि तत्काल आदेश दिने सम्भावना छ । यसैगरी निर्वासनबाट भएको बच्चाहरुका रुपमा अमेरिका आएका अवैध आप्रवासीहरुलाई संरक्षण गर्ने काम पनि बन्द गरिने शरणार्थी मुद्दाको अनुगमन गर्ने एउटा सरकारी संगठनका प्रतिनिधीले बताए ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget