Websoft University

www.radiomakalu.com || 021-522512


प्राचिन विराट राज्य यसरी बन्दैछ आधुनिक विराटनगर


२ अर्ब ४० करोड लगानीमा फेरिँदैछ विराटनगरको मुहार


विराटनगर,माघ १२ गते । नेपालको प्राचिन शहर मध्येको एक विराटनगरले अब काँचुली फेर्दैछ । प्राचिन विराट राज्य विराटनगरलाई आधुनिक सुविधासम्पन्न शहर बनाउने परियोजनाहरु सहज रुपमा सम्पन्न भए अब विराटनगरको रुप फेरिने निश्चित छ ।

विराटनगर उपमहानगरपालिकामा एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको कामले तीव्रता लिएको छ । परियोजना सञ्चालनमा आएसँगै पूर्वको ब्यापारिक केन्द्र विराटनगरलाई व्यवस्थित शहर निर्माणका लागि थप टेवा पुग्ने आशा लिइएको छ ।


तीन वर्षदेखि जारी परियोजनाको काम सम्पन्न भएपछि नगर क्षेत्रको डुबान समस्याको दीर्घकालीन समाधानका हुनेछ । कुल २ अर्व ३९ करोडको लागतमा परियोजनाको काम संचालनमा छ । एसियाली विकास बैङ्कको ६५ प्रतिशत, विराटनगर उपमहानगरपालिकाको ८ प्रतिशत र नगरविकास कोषबाट ११ प्रतिशत ऋण लगानीमा परियोजनाको काम अघि वढाइएको हो ।

परियोजना सञ्चालनका लागि सिटिसी कालिका ज्वान्इट भेन्चरसँग सम्झौता भई निर्माण कार्य जारी छ । एडीबीले परियोजना अन्तर्गत ढल निकास, फोहोर व्यवस्थापन र सडक विस्तारको काम हुनेछ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले परियोजना संचालनमा आएसगै विराटनगरलाई व्यवस्थित शहर निर्माणमा थप टेवा पुग्ने आशा लिएको वताए ।


कस्तो हुनेछ अवको विराटनगर

एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत विराटनगरमा वैज्ञानिक एवम् व्यवस्थित ढल निकास तथा नालाको व्यवस्था गरिने छ । एशियाली विकास बैङ्क (एडीबी)को आर्थिक सहयोगमा सो परियोजना अन्तर्गत उपमहानगरपालिका क्षेत्रका शौचालयबाट निस्कने फोहर नालाको माध्यमवाट र सडकको पानी ढलमार्फत व्यवस्थापन गरिनेछ ।

वैज्ञानिक एवम् व्यवस्थित ढल निकास तथा नालाका लागि ६४ किलोमिटर नाला र २६ किमी ढल निर्माण गरिने छ । एकीकृत शहरी वातावरणीय सुधार परियोजना कार्यालयका प्रोजेक्ट मेनेजर उपेन्द्र बरालले वैज्ञानिक एवम् व्यवस्थित ढल निकास तथा नालाको व्यवस्था सगै काम भई रहेका स्थनमा ६८ कलिो मिटर कालो पत्रे सडक समेत निर्माण गरिने छ ।


वरालका अनुसार बरगाछीदेखि दक्षिणतर्फ ढल निर्माण हुनेछ भने नाला शहरका विभिन्न चोकहरूमा विस्तार गरिनेछ । परियोजना अन्तर्गत विराटनगरको राजवंशी चोक र पुष्पलाल चोकबाट रोडशेष चोकसम्म निर्माण हुने नाला र ढलको पानी ‘टि्रटमेण्ट प्लाण्ट’का माध्यमबाट संकलित पानी प्रशोधन गरिनेछ । परियोजना अन्तर्गत अहिले ढल र नालाको निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

जातुवामा ट्रिटमेण्ट प्लाण्ट

विराटनगरको जतुवामा साढे १३ विगाहा जग्गामा फोहर पानी प्रशोधनका लागि टि्रटमेण्ट प्लाण्टको निर्माणको काम भइरहेको छ । परियोजना अन्तर्गत २५ करोडको लागतमा टि्रटमेण्ट प्लाण्टको निर्माण कार्य भइरहेको हो ।


उपमहानगरपालिका अपनाउन लागिएको छ । पानी शुद्धीकरण गर्न जमिनको सहतवाट ९ मिटर मुनी गोहिराइको श्रम्प पुयल निर्माण गरिने छ । त्यसैगरी १ सय ६ मिटर लम्वाई र ४२ मिटर चौडाईका ६ वटा पोखरी निर्माण गरिएको छ । प्रति सेकेण्ड ३ सय ६० लिटर पानी सुद्धीकरण गर्ने क्षमताको जतुवामा निर्माणधीन पानी प्रशोधन केन्द्र निर्माण हुनेछ ।

कछुवाको गतिमा काम

विराटनगर उप- महानगरपालिका मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको काम भने कछुवाको गतिमा अघि वढ्दा स्थानीयलाई सास्ती भएको छ । परियोजनाले विराटनगरको मुहार फेर्ने चाहना वोकेका स्थानीय यतिखेर जताततै भत्काइएको सडकका कारण हिडडुल गर्न समस्या भौग्दै आएका छन् भने अर्कोतर्फ धुलोको शास्ती समेत खेप्न वाध्य भएका छन् ।


विराटनगरका सबै सडकहरु भत्काएपछि स्थानीयबासीलाई सास्ती शुरु भएको हो । विराटनगरवासीको यो क्रम अहिले निर्माणको ६५ प्रतिशत काम सम्पन्न भएको बताइरहँदा समेत नागरिक सास्तीमुक्त भएका छैनन् ।

विराटनगर ४ का स्थानीय दिलिप अधिकारीले भने-विराटनगरको मुहार फेर्ने आशा राखिएको काम समयमै सम्पन्न नहुँदा हामीलाई हिड्नै गाह्रो भयो । धुलोले रोगी बनाउने भयो । जताततै धुलो, र पानी पर्दा हिलाम्मे हुने गरी बिग्रे-भत्केका सडकले समस्या थपिदियो ।’

परियोजना मार्फत काम शुरु भएको ३ बर्ष पुगिसकेको छ । २०६८ को जनगणना अनुसार विराटनगरको जनसंख्या २ लाख ६१ हजार एक सय २५ रहेको छ । यही जनसंख्यालाई लक्षित गरेर पहिलो चरणमा २ अर्ब ३९ करोडको काम अहिले पनि जारी रहेको छ ।


पहिलो चरणको काम सन २०१३ डिसेम्वरवाट २ मे २०१६ सम्म सम्पन्न गर्नु पर्ने थियो । तर, निर्माण कम्पनीले समयभित्रै काम सम्पन्न्ा नगरेपछि मार्च ०१७ सम्म परियोजनाको म्याद थप गरिएको छ ।

थप वजेट

एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको कामलाई सहयोगी हुने गरी थप वजेट भित्राउने तयारी भएको छ । रिजनल अर्वन डेभेल्पमेन्ट प्रोजेक्ट अन्तर्गत २५ मिलियम अर्थात २ अर्व ७० करोड रुपैया परियोजनाको कामलाई सहयोगी हुने गरी भित्र्याउने तयारी भइरहेको छ ।

पहिलो चरणको वजेट प्रयाप्त नभएपछि सोही काम पुरा गर्ने लक्ष्यसहित रकम आउन लागेको एकीकृत शहरी वातावरणीय सुधार परियोजना कार्यालयका मेनेजर उपेन्द्र वरालले जानकारी दिए ।



ध्रुव भट्टराई

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget