Websoft University

www.radiomakalu.com || 021-522512


स्वास्थ्य मन्त्रालयसँग छैन स्वास्थ्य क्षेत्रका जनशक्तिको तथ्यांक


Gagan_Thapa

काठमाडौं, माघ १२ गते । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्य मन्त्रालयसितै मन्त्रालय अन्तर्गत काम गर्ने जनशक्तिबारे यकिन जानकारी छैन भन्दा अचम्म लाग्न सक्ला । तर यो तितोसत्य हो, नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति कति छन्, को कहाँ छ, कुन अवस्थामा छ भन्नेसम्मको जानकारी स्वास्थ्य मन्त्रालयलाई छैन ।

स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिबारे स्वास्थ्य मन्त्रालयसित यकिन तथ्यांक नहुदाँ ठूलो समस्या भएको स्वास्थ्य मन्त्री गगन थापाले बताए ।

विश्व स्वास्थ्य संगठन -डब्लुएच्ओ)को १४० आंै कार्यकारी बोर्ड सभामा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका स्वास्थ्य मन्त्री थापाले नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति कति छ, कहाँ छ, कति आवश्यक तथा कति आवश्यक छ भन्ने बारे यकिन तथ्यांक नहुदाँ ‘हेल्थ ह्युमन वर्कफोर्स’ गठन गर्नमै समस्या भएको बताएका छन् ।

उनकाअनुसार डब्लुएचओको हेल्थ ह्युमन वर्कफोर्सका निर्देशक जेम्स क्याम्प्बेलको टोली र नेपाल प्रतिनिधीबीच मंगलबार ‘हेल्थ ह्युमन वर्कफोर्स’ बारे छलफल भएको थियो ।

छलफलका क्रममा डब्लुएच्ओको साधारण सभा अगावै नेपालमा रहेको ‘ दर्ता’ तयार गर्ने र त्यसलाई सभामा पेश गर्ने समझदारी भएको थियो ।

तर, छलफलका बाबजुद नेपालमा रहेका जनशक्तिबारे तथ्यांक नहुँदा त्यस्ता जनशक्ति नेपालमा कति छन् भनेर यकिन गर्नै समस्या भएको मन्त्री थापाले बताए ।

उनले टुइटरमार्फत लेखे,’जनशक्ति कति छ, कहाँ छ कति चाहिन्छ, कति उत्पादन भैराखेको छ, यसको तथ्यांक नहुनु ठूलो समस्या होे । स्वास्थ्यकर्मीको तथ्यांक बनाउन सके यो एसईएआरओ क्षेत्रमा नै पहिलो हुने मात्र होइन कि नेपालको स्वास्थ्य ‘गर्भनेन्स’ मा हामीलाई ठूलो मद्दत मिल्नेछ ।’

नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुको तथ्यांक बनाउन सके विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एसिया क्षेत्र -एस.ई.ए.ओ.ओ)मा नै यो पहिलो हुने मन्त्री थापाको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत हाल नेपालमा पाँचटा काउन्सिल अर्थात ‘परिषद’ गठन भएका छन् । जसमा नेपाल आयुर्वेद पषिद्, नेपाल मेडिकल काउन्सिल, नेपाल फार्मेसी परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, तथा नेपाल नर्सिङ्ग काउन्सिल रहेका छन् ।

तर ती काउन्सिलहरुमा दर्ता भएका कर्मचारी कहाँ कहाँ, कुन ठाउँमा काम गर्छन् भन्ने जानकारी सम्बन्धित निकायलाई समेत छैन ।

सदस्यको यकिन विवरण नुहदाँ नेपालमा यस्ता जनशक्ति कति छन्, र अझै कति आवश्यक छ , स्वदेशमा छ वा विदेशमा छ भन्ने सम्मको तथ्यांक मन्त्रालयमा छैन ।

मन्त्रालयले केही समय पहिले नेपालमा स्वास्थ्यमा कार्यरत कति जनशक्ति छ, कहाँ कार्यरत छ भनेर हेर्ने कोशिष गरेको पनि थियो । तर त्यसबारे उल्लेख विवरण नपाएपछि त्यो योजना त्यतिकै सेलाएको मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

भन्छन्,’ हामीले एक वर्षको अवधीमा को व्यक्ति कहाँ कहाँ काम गर्छ, कुन-कुन ठाउमा छ, स्वदेशमा छ कि विदेशमा भनेर हेर्ने कोशिश नगरेको हैन । तर त्यो सफल नभएपछि अहिलेलाई त्यो काम त्यतिकै थन्किएको छ ।’

कुनै पनि व्यक्ति कुनै न कुनै ठाउँमा दर्ता हुने भएकोले सम्बन्धी परिषद्हरुले नै यसको यकिन विवरण राख्नुपर्ने उनको तर्क छ ।

उनी भन्छन्,’स्वास्थ्यको क्षेत्रमा कार्यरत दक्ष जनशक्ति कतै न कतै दर्ता भएकै हुन्छ । तर त्यो व्यक्ति कहाँ कहाँ काम गर्छ, के के गर्छ भन्नेबारे सम्बन्धित कार्यालयहरुले नै विवरण राखेको पाइँदैन ।’

कुनै पनि परिषद्ले त्यसमा संलग्न व्यक्तिहरुको सम्पूर्ण विवरणमात्र लिने हो भने पनि नेपालमा यस्ता जनशक्ति गठन गर्न समस्या नहुने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य डा. कृष्णकुमार अर्यालले अनलाइनखबरसँग भने ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget