Websoft University

www.radiomakalu.com || 021-522512


महिनावारी समयमा नहुनुका यी ८ कारण





महिनावारी सही समयमा नहुनु थुप्रै महिलाको लागि समस्या बनेको हुनसक्छ । यदि यो समस्या लामो समयसम्म रहीरहे तपाईंलाई विभिन्न स्वास्थ्य समस्या हुनसक्छ । यस्तोमा तुरुन्त डाक्टरको उपचार लिनु आवश्यक छ । गायनोकोलोजिस्ट डा. निरजा पौराणीकले महिनावारी समयमा नहुनुका यी ८ कारणबारे जानकारी दिएकी छिन् ।

थाइराइडको समस्याः
गलामा हुने थाइराइड ग्ल्याण्ड यदि अण्डरएक्टिभ वा ओभरएक्टिभ भएका कारण शरिरको हर्मोनको सन्तुलन बिग्रने गर्दछ । यसका कारण महिनावारी समयमा नहुन सक्छ ।

मधुमेहको कारणः
शरिरको ब्लड सुगर लेभल बिग्रने भएकाले हर्मोन असन्तुलन हुन थाल्छ । यस्तो अवस्थामा महिनावारी समयमा नहुन सक्छ ।

बढ्दो उमेरका कारणः
महिलाको उमेर ४० पार हुँदा ओभेरियन फेलियरको समस्या हुनथाल्छ । यस्तोमा पनि महिनावारी समयमा हुँदैन ।

मोटोपना बढ्नुः
मोटोपना बढ्दा दिमागमा पाइने हाइपोथेलेमस नामक ग्रन्थीमा निकै नराम्रो असर पर्ने गर्दछ । यसका कारण हर्मोनल असन्तुलन हुन थाल्छ जसले महिनावारी समयमा हुन रोकिदिन्छ ।

लगातार तनावमा रहनुः
लगातार तनावमा रहँदा शरिरमा एस्ट्रोजन र कार्टिसोल नामक हर्मोन रिलिज हुन थाल्छ । शरिरमा यसको मात्रा बढेका कारण महिनावारी समयमा हुँदैन ।

अत्यधिक व्यायामः
आवश्यकताभन्दा बढि व्यायाम गर्दा शरिरमा पर्याप्त मात्रामा एस्ट्रोजन हर्मोन रिलिज हुन पाउँदैन । यस्तोमा थुप्रै पटक महिनावारी समयमा हुँदैन ।

पोलिसिस्टिक ओभरी सिम्पटमः
पोलिसिस्टिक ओभरी सिम्पटम (पीसीओएस) को समस्या हुँदा शरिरमा पुरुष हर्मोनको मात्रा बढ्न थाल्छ । यस्तोमा बाँझोपन र महिनावारी समयमा नहुने समस्या हुन थाल्छ ।

थाहा पाउनुहोस् के नगर्ने ?
चिसो पेय पदार्थः
कार्बोनेटेड ड्रिङ्क्समा अत्यधिक क्याफिन र सुगर हुन्छ । यसले महिनावारीमा गडबडी ल्याउन सक्छ ।

धेरै नुनिलो खानेकुरा नखानेः
अचार, सस, आलु चिप्सजस्ता खानेकुरामा अत्यधिक नुन हुन्छ । यसले शरिरमा सोडियमको स्तर बढाएर पिसाबको समस्या पैदा गर्न सक्छ ।

रिफाइन्ड ग्रेनः
पाउरोटी, पास्ता र मैदाले बनेको खानेकुराले महिनावारीको समस्या निम्त्याउन सक्छ । यसले कब्जियत र एसिडिटी बढाउने गर्दछ ।

चिल्लो र मसालेदार खानेकुराः
महिनावारी हुँदा धेरै तेल हालेको खानेकुरा र मसालेदार खानेकुरा खाँदा ग्याँस, पेट फुल्नेजस्ता समस्या निम्तिन सक्छ ।

मासु नखानेः
महिनावारी हुँदा मासुलगायतका खानेकुरामा बोसो हुनेभएकाले यो खाँदा पेटको समस्या र दुखाई थप बढ्छ ।

जंक फुडः
यसमा अत्यधिक ट्रान्स फ्याट हुने गर्दछ । यसले एस्ट्रोजन लेभल बढाउँछ जसले पाठेघरमा दुखाई महसुस हुनसक्छ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget