Websoft University

www.radiomakalu.com || 021-522512


मोरङका जिल्ला शिक्षा अधिकारीमाथि कालोमोसो दल्ने प्रयास



विप्लव माओवादीले कार्यकक्षमै पसेर दुव्र्यवहार गरे
deo-morang
बिराटनगर,माघ १२ गते । विप्लव माओवादीका कार्यकर्ताले मोरङका जिल्ला शिक्षा अधिकारीलाई कार्यकक्षमै पसेर कालोमोसो दल्ने प्रयास गरेका छन् ।

बुधबार दिउँसो विप्लव माओवादी समर्थित विद्यार्थी नेता नवराज नेपालको नेतृत्वमा केही युवा बिराटनगरस्थित शिक्षा कार्यालयमा प्रवेश गरेका थिए । उनीहरुले फाइल बुझाउने बाहना बनाएर जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनालमाथि कालोमोसो दल्ने प्रयास गरेका थिए ।

मोसो दल्नै लाग्दा जिल्ला शिक्षा अधिकारीले तपाईहरुले के गरेको यस्तो भन्दै धकेलेका कारण मोसो अनुहारमा धेरै मोसो लाग्न नपाएको प्रत्यक्षदर्शीले बताए । खनालको आँखामा केही मोसो लोगेको थियो ।

विप्लवका कार्यकर्ताले मोबाइलबाट तस्वीरसमेत खिचेर भागेको स्रोतले बतायो ।

क्रान्तिकारीका जिल्ला अध्यक्षसमेत रहेका नवराज नेपालले खनालमाथि कालोमोसो दलेको स्वीकार गरेका छन् । उनले भ्रष्टाचार गरेका कारण मोसो दलेको बताएका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget