Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डलाई रामचन्द्रको फोनः स्ववियु चुनावमा २८ वर्षे हदबन्दी हटाउनुपर्‍यो


ramchandra and prachanda (1)
काठमाडौं,माघ १२ गते । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा २८ वर्षे उमेर हदको व्यवस्था गरिएकोमा कांग्रेस नेता रामचन्द्र पौडेल असन्तुष्ट बनेका छन् । पौडेलले प्रधानमन्त्री प्रचण्डलाई पटक-पटक सम्पर्क गरेर २८ वर्षभन्दा बढी उमेरका विद्यार्थीले पनि चुनाव लड्न पाउनुपर्ने माग राखेका छन् ।

मंगलबार बेलुका मधेसी मोर्चासँगको छलफलमा सहभागी हुने बालुवाटा पुगेका कांग्रेस नेता पौडेलले स्ववियु चुनावमा २८ वर्षे उमेर हद नराख्न प्रधानमन्त्रीलाई भनेका थिए ।



बुधबार पनि कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीलाई फोन गरेर २८ वर्षभन्दा बढी उमेरका विद्यार्थीले पनि स्ववियु चुनाव लड्न पाउने पर्ने माग गरेको स्रोतले बतायो ।

त्रिभुवन विश्वविद्यालय सभाले गत साता गरेको निर्णय अनुसार आगामी फागुन १४ गते हुने स्ववियु चुनावमा २८ वर्षभन्दा बढी उमेर पुगेका विद्यार्थीले उम्मेद्वार बन्न पाउने छैनन् ।

त्रिविको यो निर्णयलाई एमाले, माओवादी लगायतका विद्यार्थी संगठनले समर्थन गरिसकेका छन् भने कांग्रेस निकट नेवि संघले यसमा पुनर्विचार गर्नुपर्ने माग गर्दै आइरहेको छ ।

कांग्रेस नेता पौडेल यो निर्णयबाट आफ्नो समूहका विद्यार्थी नेतालाई घाटा हुने भन्दै प्रधानमन्त्री प्रचण्डसँग भनसुन गर्न सक्रिय बनेका हुन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget