Websoft University

www.radiomakalu.com || 021-522512


सगरमाथाको उचाइ नेपाल आफैंले नाप्न सक्दैन ? के भन्छन् नापीका हाकिम ?


mount-everest-wallpaper

काठमाडौं माघ १२ गते । भारतले सगरमाथाको उचाइ नाप्न टोली पठाउन लागेको दाबी गरेपछि नेपालमा नयाँ बहस सुरु भएको छ ।

सगरमाथाको उचाइबारे बेलाबेला आउने फरक-फरक दाबी र २०७२ वैशाखको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाई नयाँ मापन गर्न उपयुक्त हुने विज्ञहरु बताउँछन् ।

भारतीय सर्वे विभागले सन् १८५५ मा गरेको मापनलाई नै सगरमाथाको उचाइ मानिएको छ ।

तर, नेपाल आफैंले सगरमाथाको उचाइ मापन गर्न सक्दैन ? भन्ने धेरै प्रश्नहरु आएको छ ।

नापी विभागका अधिकारीहरु पनि आफ्नो देशको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन हामी आफैंले गर्नुपर्ने बताउँछन् ।

कति कठिन हो यो काम ?

अहिले नयाँ जीपीएस सिस्टमले पहाडहरुको उचाई नापिन्छ । हालै बेलायतको सबैभन्दा अग्लो पहाड बेन नेविसको नयाँ नाप लिइएको थियो । र, यसले यसअघिको उचाइ फरक देखायो ।

यो पहाडको नाप लिने क्रममा सर्वेयर मार्क गि्रब्सले थुप्रै स्याटालाइट र जीपीएस सिस्टमबाट गरेका थिए । बेन नेविसमा एक जीपीएस ट्र्याकर राखिएको थियो । यसको सिधा सम्पर्क अन्तरिक्षमा घुमिरहेको नेविगेशन स्याटालाइटसँग थियो र त्यसले अलग अलग कोणबाट उचाइ नापेको थियो ।

करिव २ घन्टासम्म चलेको यो कार्यमा १२ स्याटलाइट प्रयोग भएको थियो । र, स्याटलाइटले करिव ५ लाख बिट्सको डाटा धर्तीमा रहेको स्याटेलाइट कन्ट्रोल सिस्टममा पठाएको थियो । २० हजार किलोमिटरको दुरीबाट सिग्नल पठाउने स्याटलाइटले आकासबाट बेलायतको बेन नेविसको हरेक कोणबाट नाप लिइरहेको थियो, ताकि सही उचाइ थाहा होस् ।

तर, अहिलेको अवस्थामा हामीसँग यस्ता कुनै संरचना नै बनेको छैन । नापी विभागले सन् २०११ मा कार्यक्रम पनि बनाएको थियो । तर, सरकारले बजेट नै दिएन ।

‘हामीले पनि २०११ मा आधारभूत संरचना बनाउनुपर्छ, आफ्नो देशको सर्वोच्च शिखरको मापन नापी विभागले नै गर्नुपर्छ । अन्तराष्ट्रिय समुदायबाट समर्थन लिनुपर्छ भनेर कार्यक्रम राखेका थियौं’ एक अधिकारीले भने, तर सरकारले बजेट नै दिएन ।’

यसको अर्थ सगरमाथाको उचाई भारत वा अरु कुनै अमुख मुलुकलाई नै नाप्न दिनु पनि सही हुँदैन । किनकी भारतले नाप्दैमा त्यसले अन्तराष्ट्रिय मान्यता पाउँछ भन्ने छैन । साथै सगरमाथाको उत्तरी मोहडा चीनमा छ । र, उसको आफ्नै मत होला ।

नापी विभागका एक अधिकारी भन्छन्, यो निकै वैज्ञानिक काम हो, तर, हामीले कुनै एउटा देशलाई जिम्मा दिनुको सट्टा हाम्रो आफैं अगुवाईमा विज्ञहरुलाई लिएर मापन गर्नु राम्रो हुन्छ ।

भारतको कुनै प्रस्ताव आएको छैन

नापी विभागका प्रमुख कृष्णराज बिसीले सगरमाथाको उचाई मापनका लागि कुनै प्रस्ताव नआएको बताए । उनले भने, उहाँहरुको भावी योजना होला । तर, हामीसम्म कुनै प्रस्ताव आइसकेको छैन ।’

उनका अनुसार भारतीय अधिकारीहरुसँग गत वर्ष अनौपचारिक कुराकानी भएको थियो । तर, कुनै लिखित प्रस्ताव आएको छैन र भारतलाई दिने कुनै समझदारी पनि भएको छैन ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget