Websoft University

www.radiomakalu.com || 021-522512


विराटनगर गुरुकुलमा आज झ माने झण्डा


विराटनगर,  माघ  १५ गते । आरोहण गुरुकुल विराटनगरमा आज देखि झ माने झण्डा नाटक मंञ्चन हुँदैछ । विराटनगर गुरुकुल कै आयोजनामा युवा रंगकर्मी रामभजन कामतले परिकल्पना तथा निर्देशन गरेको सो नाटक माघ २३ गते सम्म हाटखोला स्थित सुशिला कोईराला नाटकघरमा मंञ्चन हुन लागेको हो । दैनिक अपराह्न साढे ४ बजे सो नाटक मंञ्चन गरिने आयोजकले जनाएको छ । नाटकमा हामी र हाम्रो मानसिकताको मनोभाव, सिंगो देशको हालको याथार्थ चित्रण प्रस्तुत गर्न खोजिएको निर्देशक कामतले बताए । नाटकमा भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, अशोक गौतम, गिता कोईराला, निदेश आचार्य, कौशिला कामत, श्रीमती सुवास विष्ट, अंकिता विश्वास, मनिषा मिश्र लगायतका कलाकारहरुले अभिनय गरेका छन् । नाटकमा प्रकाश तथा ध्वनी परिचालन सागर विश्वासले गरेका छन् । नाटकको टिकट दर रु १०० र २०० तय गरिएको छ । विद्यार्थीले परिचय पत्र देखाएर रु ७० को टिकट खरिद गर्न सक्नेछन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget