Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन घोषणा भए संशोधनमा छलफल गर्न सकिन्छः नेम्वाङ



विराटनगर,माघ १५ गते । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन् ।

निर्वाचनको मिति घोषणा गरे संविधान संशोधनका विषयमा छलफल गरेर अघि बढ्न सकिने भन्दै नेम्वाङले सरकारलाई छिटो निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका छन् ।

शनिबार विराटनगरमा संचारकर्मीसँगको भेटमा नेम्वाङले निर्वाचनसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए । संसदबाट निर्वाचनसम्बन्धी दुईवटा विधेयक पारित भए पनि अझै चारवटा विधेयक पारित हुन बाँकी हुनुले सरकार निर्वाचनबाट भाग्न खोजेको प्रष्ट हुने बताए ।

निर्वाचन मिति घोषणा भएपछि पनि निर्वाचनसम्बन्धी विधेयक पारित गर्न सकिने उनको तर्क छ ।

विराटनगरमा एमालेले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन नेम्वाङ यहाा आएका हुन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget