Websoft University

www.radiomakalu.com || 021-522512


सोलुखुम्बुमा चार फिटको हिमपात, खुम्जुङको तापक्रम माइनस ११ डिग्री




मौसममा आएको बलदीसंगै हिमालपारीको जिल्ला मनाङमा बाक्लो हिमपात भएको छ । हिमपात भएपछि जाडोका कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् भने त्यहाँको जनजिवन प्रभावित भएको छ । तस्बिर ः ऋषिराम अधिकारी, लमजुङ, रासस
सोलुखुम्बु,माघ १५ गते । सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो ।


जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ ।

हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ । आज बिहान ५ः३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ ।

हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कष्टकर बनेको छ । रातभर हिउँ परेको भए पनि बिहानैदेखि मौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ ।

त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे हिउपात भएको छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget