Websoft University

www.radiomakalu.com || 021-522512


महानगर प्रमुख भन्छन्ः कम्प्युटर चलाउँदिन भन्नेले जागिर छाडे हुन्छ




काठमाडौं,माघ १५ गते । काठमाडौं महानगरपालिकाले सुरु गरेको विद्युतीय अनलाइनमा आधारित ‘मार्स सिस्टम’ लागू गर्न कर्मचारीले असहयोग गरेका छन् । महानगरका १० वटा वडाबाट तत्काल अनलाइन सुरु गर्ने भनिए पनि सुरुवातमै समस्या देखिएको छ ।

यस्तो नयाँ प्रविधिको अनलाइन सिस्टममा गएपछि विशेष गरी सेवाग्राहीबाट अतिरिक्त कमाइ गर्न पल्केकाहरु प्रभावित हुने अवस्था आएको छ ।

यसैका कारण महानगरपालिकाका कर्मचारीले अनलाइन सिस्टम लागू नगराउन जोडबल गरिरहेका छन् । उनीहरुले विभिन्न पक्षहरु प्रयोग गनेर महानगर नेतृत्वलाई मार्स तत्काल नलगाउन दबाव दिइरहेका छन् । महानगरपालिका प्रशासनले भने जसरी पनि साउनभित्रै ३५ वटै डामा मार्सलाई विस्तार गर्ने बताएको छ ।

अहिले अधिकांश सेवालाई अनलाइनमा लैजाने गरी सुरुवातमा १० वटा वडामा यसलाई लागू गर्न लागिएको छ । महानगरपलिकाभित्रै पनि यने सिस्टम प्रयोगमा आउँदैछ ।
तर, वडास्तरका कर्मचारीेले पनि यसलाई मन पराएका छैनन् । कतिपय कर्मचारी कम्प्युटरमा पनि अभ्यस्त नभएकाले समस्या आएको महानगरपालिकाका प्रमुख तथा कार्यकारी रुद्रसिंह तामाङले बताए । उनले उनीहरुलाई तालिम दिएर भए पनि प्रोत्साहित गर्ने उनको भनाइ छ ।


रूद्रसिंह तामाङ

‘अब पनि कम्प्युटर प्रणालीमा काम गर्न नचाहने कर्मचारी हुनु लज्जाको विषय हो’ तामाङले भने,’जो मार्स प्रणालीका लागि कम्प्युटरमा बसेर काम गर्न सक्दैन, ऊ राजीनामा दिएर घर गए हुन्छ ।’ तामाङले आफूले स्पष्ट रुपमा कर्मचारीलाई नयाँ पद्धतिअनुसार काम थाल्न भनेको बताउँछन् ।

महानगरपालिकाले अनिवार्यरुपमा मार्स प्रणाली लागू गर्न लागेपछि घुस्याहा कर्मचारी आत्तिएका छन् । उनीहरुले कमाइको बाटो बन्द हुने डरले त्यसको विरोध गरिरहेका छन् । आफ्नो नेतृत्वले छलफल नै नगरी मार्स लगाएको तर्क उनीहरुको छ ।

महानगरका कार्यकारी अधिकृत तामाङ मार्स लागेपछि अवैधरुपमा सेवाग्राहीसँग अतिरिक्त रकम लिने गुनासो बन्द हुने बताउँछन् । उनी अहिले आउने सुशासनसम्बन्धी धेरैजसो गुनासा मार्सले सीधै सम्बोधन गर्ने दाबी गर्छन् ।

‘प्रक्रिया नपुगेका फाइल दर्ता नै हुँदैनन् । दर्ता भएपछि आफ्नो फाइल कुन प्रक्रियामा कहाँ पुगेको छ भने सेवाग्राहीले हेर्न पाउँछन्’ तामाङ भन्छन्- ‘हामीले तयार पारेको मार्स सिस्टमले कर्मचारीलाई घुस माग्ने आधार पूर्ण रुपमा बन्द गरिदिन्छ । भुक्तानी प्रणालीमा पनि जनता झुक्याउने अवस्था रहँदैन ।’

उनले मार्स लागू नहोस् भन्ने कर्मचारीलाई सेवा छाड्न आफूले सामूहिक रुपमै भनेको बताए । ‘अब पनि नागरिकलाई फाइल रोकेर, फाइलको पन्ना तानेर र अनेक बाहानाबाजी गरेर अल्झाउने र पैसा असुल्ने भन्ने हुँदैन’ तामाङ भन्छन्,’स्मार्ट युगका सेवाग्राहीले अब स्मार्ट सेवा पाउनुपर्छ । यो सिस्टममा अपडेट हुन नसक्ने र नचाहाने कर्मचारी डम्प हुन्छन् ।’

नयाँ प्रविधि भएकाले यसलाई तालिम दिएर सुरुवात गर्न लागिएको तामाङले जानकारी दिए । उनले कर्मचारीलाई आवश्यक तालिम र परामर्श भने दिइने बताए ।

‘महानरपालिकाको सेवा अब सुस्त हैन, चुस्त हुनुपर्छ’ तामाङले भने,’अब मार्स सिस्टम लागेपछि सबै प्रक्रिया अनलाइनमा जान्छन् । त्यसैले माहनगरबासी पनि यसमा अब अपडेट हुनुपर्छ ।’
मार्सले कर तिर्नेदेखि महानगरका धेरैजसो सेवालाई अनलाइनमा लैजाँदैछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget