Websoft University

www.radiomakalu.com || 021-522512


हाइपो थाइराडका बिरामीले जान्नैपर्ने कुरा




मौसमी तापमान अझै उकालो लागेको छैन । यो अवस्था निकै कष्टकर हुन्छ, खासगरी थाइराइडका रोगीलाई ।

थाइराइड रोग आम समस्या हो । यसले जोसुकैलाई सताउन सक्छ । न उमेरको भेद छ यसमा न, बर्गको । किनभने यो हर्मोनको गडबडीले निम्त्याउने समस्या हो । यो त्यही हर्मोन हो, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन र शारीरिक तापमान सन्तुलन राख्न सहयोग गर्छ ।

दुई प्रकारका थाइराइड
यदि शरीरमा हर्मोनको कमी भएमा त्यसलाई ‘हाइपो थाइराइडिज्म’ भनिन्छ । त्यसको बिपरित हर्मोनको उत्पादन बढी भएमा, हाइपर थाइराइडिज्म भनिन्छ ।

हाइपर थाइराइडमा आवश्यक्ताभन्दा बढी हर्मोन उत्पादन हुन्छ । यसले शरीरमा तापमान बृद्धि गर्छ । त्यस्तै, हाइपो थाइराइडमा कम हर्मोन उत्पादन हुन्छ । फलतः शरीर चिसो हुन्छ ।

जाडोमा हाइपो थाइराड रोगीलाई समस्या

खासगरी जाडो सिजन हाइपो थाइराडका रोगीका निम्ति प्रतिकुल हुन्छ । उनीहरुको शारीरिक तापमान कायम हुन पाउँदैन । यसले उनीहरुलाई जाडो लाग्ने मात्र होइन, रोगको संक्रमण हुने खतरा पनि रहन्छ । हाइपो थाइराडका बिरामीलाई यो मौसममा घाँटी दुख्ने, ज्वरो आउने हुन्छ ।

ख्याल गर्नैपर्ने कुरा

– चिसो मौसममा हाइपो थाइराइडका बिरामीले बिशेष सर्तकता अपनाउनु पर्छ ।

– साविकको भन्दा बढी औषधी सेवन गर्नुपर्ने अवस्था हुन्छ ।

– शरीरलाई न्यानो राख्ने उपाय खोज्नुपर्छ ।

– चिसोकै कारण शरीरको नसा साँघुरिएर रक्त प्रवाह सुचारु हुन पाउँदैन । त्यसैले शारीरिक रुपमा सक्रिय हुनुपर्छ । योगको माध्यामबाट पनि यसको निदान खोज्न सकिन्छ ।

– पर्याप्त आरम गर्ने ।

– बोसोयुक्त तथा प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । मौसमी फलफुलको सेवन गर्नुपर्छ ।

– चिसो पानीको सम्पर्कमा रहनु हुँदैन । चिसो पानीको कम प्रयोग गरौ ।

– घरबाट बाहिर निस्कदा न्यानो लुगा लगाउने । मफलर, पञ्जा, मोजा आदिको प्रयोग अनिवार्य गर्नैपर्छ ।

– राती सुत्नका लागि कोठा तथा ओछ्यान न्यानो हुनुपर्छ ।

– यदि धेरै जाडो महसुष भएमा चिकित्सकको परामर्श लिनैपर्छ ।

(यद्यपी जाडो लाग्दैमा सबैलाई थाइराइड हुन्छ भन्ने छैन । शरीरको प्रकृति अनुसार कसैलाई धेरै जाडो वा गर्मी महसुष हुनु स्वभाविक हुन्छ ।)

– डा. अंशुमली जोशी, इन्डाक्राइनोलोजिष्टसँगको कुराकानीमा आधारित।,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget