Websoft University

www.radiomakalu.com || 021-522512


यी खानेकुरा बिर्सेर पनि नराख्नुस् फ्रिजमा




जुनसुकै खानेकुरा वा फलफुल फ्रिजमा राखिदिने धेरै गृहणीहरुको बानी हुन्छ । फ्रिजमा राखेका वस्तुहरु सँधै ताजा र स्वच्छ रहन्छन् भन्ने सोचाई हुन्छ, उनीहरुको । तर, सबै वस्तुहरुको हकमा यो लागू हुदैन ।

कतिपय खानेकुरा र फलफुलहरु फ्रिजमा राख्दा बिग्रिन्छन् र तिनीहरुमा रहेको न्युट्रियन्स कम हुन्छ । हामी यस्ता केही खानेकुराको जानकारी यहाँ दिँदैछौं:

टमाटरः फ्रिजमा राख्दा टमाटर भित्रको ‘मेम्ब्रन’ टुट्छ र टमाटर चाँडै गल्छ अनि बिग्रिन्छ ।

पाउरोटीः फ्रिजभित्रको चिसो तापक्रमले पाउरोटीमा डिहाइड्रेसनको प्रक्रिया छिटो हुन्छ । यसबाट पाउरोटी चाँडै सुक्छ र बिग्रन्छ ।

अण्डाः धेरै दिनसम्म अण्डालाई फ्रिजमा राख्दा यसको योक सुक्छ र न्युट्रियन्स कम हुन सक्छ ।

केराः यसबाट इथाइलिन ग्यास निस्किन्छ जसले आसपासका फलहरुलाई चाँडै पकाइदिन्छ ।

निबुवा र सुन्तलाः यसमा साइट्र एसिड हुन्छ, त्यसैले फ्रिजभित्रको चिसो सहन सक्दैन । फ्रिजमा राख्दा यसमा दाग आउछ र स्वाद पनि फेरिन्छ ।

महः फ्रिजमा राख्दा मह गाढा हुन्छ र यसमा क्रिस्टल बन्न थाल्छ ।

स्याउः फ्रिजमा राख्दा यसमा रहेको एन्जाइम सक्रिय हुन्छन् र स्याउ चाँडै पाक्छ । राख्ने नै हो भने कागजमा लपेटेर राख्नुपर्छ ।

कफी पाउडर  यसले फ्रिजमा राखिएका अन्य वस्तुहरुको वास्ना सोस्छ र यसको आफ्नो वास्ना कम हुन्छ ।

हरियो पत्ता भएका फलफुलः केही दिनसम्म फ्रिजमा राख्दा पत्ता सुक्छ र तरकारी चाँडै बिग्रिन्छ ।

प्याजः प्याजमा चिसोपना धेरै हुन्छ र फ्रिजमा राख्दा यसको बोक्रा गल्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget