Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल प्रेस युनियनको क्षेत्रीय भेला इटहरीमा सम्पन्न





इटहरी, माघ १६ गते । नेपाल प्रेस युनियन पूर्वाञ्चल क्षेत्रीय कमिटीको आयोजनामा इटहरीमा युनियनको क्षेत्रीय भेला सम्पन्न भएको छ । प्रेस युनियनको सङ्गठनको बर्तमान अवस्था र भावी कार्य योजनाका विषयमा सामुहिक निचोड निकाल्दै युनियनलाई गतिशील बनाउने विषयमा केन्द्रिय नेतृत्वसँँगै छलफल र परामर्श गर्ने उद्देश्यले क्षेत्रीय भेलाको आयोजना गरेको बताईएको छ ।

भेलाको उद्घाटनपछि बोल्दै नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले युनियनको शसक्तानै नेपाली काङ्ग्रेसको पनि सक्रियता बढ्ने भएकोले युनियनको सक्रियताका लागि पार्टीले भरमग्दुर प्रयास गरिरहेको सन्दर्भमा भएको यो भेलाले चुस्त र गतिशिल निर्णय लिने बताए । पूर्वमन्त्री डा रिजालले युनियनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएको र प्रजातान्त्रिक आन्दोलनमा देखाएको सासिक सक्रियताले पार्टीलाई पनि युनियनप्रतिका भरोशा बढेर गएको पनि युनियनले अघि बढाएको हरेक गतिविधिमा पार्टीले अर्थपूर्ण सहभागिता जनाउने विश्वास दिलाए ।

युनियनका पूर्वाञ्चल अध्यक्ष लिलाबल्लभ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा ट्रेड युनियन काङ्ग्रेसका उपमहासचिव केदार कोईराला युनियनका पूर्व अध्यक्ष समिरजङ्ग शाह न्यूतम पारिश्रमिक निर्धाण आयोगका अध्यक्ष पोषण केसी बिपुल पोख्रेल लगायतले बोलेका थिए । क्षेत्रीय भेलामा पूर्वी नेपालका तराई पहाड र हिमाली जिल्लाका गरी १६ जिल्लाको प्रेस युनियनमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । उक्त भेलाले आगामी नेपाल पत्रकार महासङ्घको निर्वाचनमा कसरी आफुलाई प्रस्तुत गर्ने भन्ने विषयमा पनि ठोस योजना तयार पार्ने बताईएको छ ।-पूर्वाञ्चल खबर बाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget