Websoft University

www.radiomakalu.com || 021-522512


विराटनगरमा “भेलेन्टाइन डे” मा फेसन शो हुने





विराटनगर,माघ १६ गते । प्रेम दिवस अर्थात फेब्रुअरी १४ तारिखका दिन विराटनगरमा भव्य फेसन शो हुने भएको छ । जुनजेली बुटिकको आयोजनामा “बिराट फेसन फेस्ट २०१७” हुन लागेको हो । पुर्वाञ्चल मै पहिलोपटक यतिको भव्य फेसन शो हुन लागेको कार्यक्रमका इभेन्ट म्यानेजर विवेक दाहालले बताए । फेसन शो का साथै म्युजिकल कार्यक्रम पनि राखिएको दाहालले जानकारी दिए ।

बिराटनगरको होटल ह्यारीसन प्यालेसमा हुने उक्त फेसन शोको विशेष आकर्षणमा सदाबाहार अभिनेत्री कशिष्मा मान्नधर , मोडल शिक्षा संग्रौला , एक खुट्टाले नाच्न सक्ने कलाकार निलम ढुङ्गाना , गायिका प्राश्ना शाक्य तथा कार्यक्रमको उद्धोषणमा सुशील नेपाल हुने कार्यक्रमकि कोअर्डिनेटर मनिसा कार्कीले बताईन ।

अनुभवी कोरियोग्राफर सिमा कर्णले कोरियोग्राफि गर्ने उक्त फेसन शोमा ११ जना लेडिज मोडल तथा ५ जना जेन्स मोडल रहेको कार्कीले जानकारी दिइन । फेसन शोमा ४ वटा विभिन्न डिजाइनमा सिक्वेन्स गरिनेछ । उक्त कार्यक्रमलाई मकालु टेलिभिजनबाट प्रत्येक्ष प्रसारण गरिने छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget