Websoft University

www.radiomakalu.com || 021-522512


रोकिएन विमानस्थलमा ‘सेटिङ’, सादा पोशाककै सुरक्षाकर्मी गराउँछन् सामान पास




काठमाडौं , माघ १६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने मानव तस्करी अझै रोकिएको छैन । सेटिङमार्फत युवती तथा श्रमको इजाजत नलिएर विदेश जाने युवाहरूलाई विभिन्न देश पठाउने गरेको गिरोह अहिले पनि सक्रिय भएको विमानस्थल स्रोतले जानकारी दियो ।

“सेटिङ कहिल्यै नरोकिने रहेछ । पहिले खुलेआम सेटिङ हुन्थ्यो, रेट पनि सस्तो थियो । अहिले बाहिर कडाइ गरेजस्तो देखिन्छ, तर भित्र पारा उस्तै हो,” विमानस्थल अध्यागमनका एक कर्मचारीले भने, “पहिले ५ हजारदेखि १५ हजारसम्ममा सेटिङ हुन्थ्यो, अहिले ३५ हजारदेखि ५५ हजारसम्म छ । टिकट जोड्नुपर्यो भने ८० हजारसम्म लिन्छन् ।”

गत साता मीनमाया तामाङ सेटिङ मिलाएर भिजिट भिसामा दुबई जाँदै थिइन् । प्रहरी, अध्यागमन र एयरलाइन्सका कर्मचारी मिलेर उनलाई दुबई पठाउने तयारी गरेका थिए ।
विमानस्थलको सम्पूर्ण चेकजाँच र अध्यागमन डेस्कबाट पनि चेकजाँच पूरा गरी विमान चढ्न स्टेलाइजर एरिया पुगेकी तामाङको अवस्था संकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा सेटिङमा दुबई जान लागेको खुल्यो ।

तामाङलाई सोधपुछ गर्दै जाँदा प्रहरी, अध्यागमनका कर्मचारी तथा ट्राभल एजेन्सीका कर्मचारीको मिलेमतो देखियो । तामाङलाई दुबई पठाउँदा सबै कागज पनि नक्कली गरेको अनुसन्धानबाट खुल्यो ।
नक्कली कागजपत्र बनाउने तीन जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले माघ १४ गते नियन्त्रणमा लियो ।

अनुसन्धान अधिकारीका अनुसार गौशालामा रहेको एक्सिस करिअर सोलुसनका सञ्चालक सुदर्शन खड्काले यो सेटिङ गरेका थिए । उनकै पहलमा जोरपाटीमा रहेको ओख्तुहाङ ट्राभल एन्ड टुर्सका सञ्चालक सुनसरीका जीवन जिमी राई र उक्त ट्राभल्समा काम गर्ने कृष्ण वाग्लेले नक्कली कागजपत्र बनाएको अनुसन्धानबाट खुलेको छ ।

महाशाखाको प्रहरी टोलीले तीनैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनीहरु तीन जना पक्राउ पर्नासाथ विमानस्थल सेटिङमा सुरक्षा चेकप्वाइन्ट पास गराउने प्रहरी जवान तोयानाथ विक फरार भएको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षामा खटिएका एक प्रहरी अधिकृतले बाह्रखरीलाई भने, “भिजिट भिसामा घुम्न जाने मान्छे अंग्रेजीमा आफ्नो नामसमेत भन्न जान्दैन भने ऊ कसरी दुबई घुमेर आउँछ ? यो कुरा अध्यागमनको डेस्कमा बस्नेहरूले विचार गर्नुपर्दैन ? कुनै विदेशी आयो अथवा डिभी परेर अमेरिका जानेहरूलाई अंग्रेजीबाट केरकार गर्ने अध्यागमनका कर्मचारीले भिजिट भिसामा दुबई घुम्न जाने कस्तो व्यक्ति हो भनेर विचार गर्नु पर्दैन ? के दुबईमा पनि नेपाली भाषा चल्छ र ?”
उनका अनुसार त्यस्ता व्यक्ति एक्लै जान लागेका हुन्छन्, अंग्रेजी जान्दैनन्, तैपनि अध्यागमनबाट सजिलै पास हुन्छन् ।
“विमानस्थलमा खटिएका प्रहरीमात्र हैन, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीको पनि आ–आफ्नो सेटिङ हुन्छ,” विमानस्थल भन्सारका एक अधिकृतले भने, “भन्सारका कर्मचारी भ्रष्ट हुन्छन् भनेर हल्ला गर्ने उनीहरू नै हुन्छन् ।

तर उनीहरूको सेटिङ गरेर मान्छे पठाउने काम कसले बन्द गर्ने ?” ती अधिकृतका अनुसार सादा पोसाकका सुरक्षाकर्मीले बाहिर जाने तथा नेपाल आउने यात्रुको सामान सुरक्षा जाँच छलेर पुर्याउने गरेका हुन्छन् ।
- डिल्ली पाण्डे बाह्रखरी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget