काठमाडौं, पुस २३ गते । दोस्रो संविधानसभाका सम्पूर्ण काम कारवाही अब पुस्तकका रुपमा प्रकाशित हुने भएको छ। संविधानसभाका १३६ बैठकमा भएका सम्पूर्ण काम कारवाहीलाई संसद् सचिवालयले पुस्तकका रुपमा प्रकाशन गर्ने भएको हो । प्रकाशित पुस्तक विक्रीवितरण भने नहुने बताइएको छ।

यसअघि पहिलो संविधानसभामा पनि संविधानसभाले गरेका काम कारवाही र प्रस्तावित मस्यौदा समेत समेटेर संविधानसभा दर्पण प्रकाशन गरिएको थियो । उक्त दर्पण तत्कालीन सभासद्हरुलाई पनि उपलव्ध गराइएको थियो ।
यसको मूल प्रतिसहित पाँच प्रति पुस्तक प्रकाशन हुनेछन् । ती प्रतिहरु रेकर्डका लागिमात्र रहनेछन् । सवै काम कारवाहीको विवरण दशभन्दा बढी सिरिजमा प्रकाशन हुनेछन् । जसमा एक मूल प्रति नेपाली कागज र अन्य चार प्रति सामान्य कागजमा छापिनेछन् ।
प्रकाशित पुस्तकका प्रतिहरु पुरातत्व विभाग, राष्ट्रपति कार्यालय, कानुन मन्त्रालय र संसद्को पुस्ताकालयमा रहनेछन् । अन्य सर्वसाधरणका र सांसद्हरुले पनि पुस्तक पाउने छैनन् ।
दोस्रो संविधानसभाका १३६ बैठकमा अडियो रेकर्ड पाँच जनाको समुहले पछिल्लो चार महिना लगाएर लिखतका रुपमा तयार पारेको थियो ।
सह–सचिव पाण्डे नेतृत्वको समितिले सदनको काम कारवाहीलाई प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी पूरा गरेको छ । युट्युव मार्फत प्रत्यक्ष लाइभ र डिजिटल रेकर्डिङका लागि समितिले तयारी गरिरहेको छ ।
समितिको कार्ययोजना अनुसार अव संसद् र संसदीय समितिका रेकर्ड अव डिजिटल प्रणालीमा हुनेछन् । डिजिटल प्रणालीको रेकर्डसँगै संसद्को वेवसाइटमा सांस्द्हरुले बोलेका बिषयहरु रेकर्ड हुनेछन् । रेकर्ड भएका सामाग्रीहरु अन्य कुनैपनि समयमा खोजी गर्न मिल्ने गरी प्रविधि प्रयोग गर्ने सचिवालयको तयारी छ।-
नारायण काफ्ले
Post a Comment