Websoft University

www.radiomakalu.com || 021-522512


भोलिपनि एमालेले संसद अवरुद्ध पार्छः खनाल



काठमाडौं पुस २३ गते । एमाले वरिष्ठ नेता झलनाथ खनालले आइतबार बस्ने संसद बैठक पनि एमालेसहितका विपक्षी दलले अवरुद्ध पार्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भोलिको बैठकबाट संशोधन प्रस्ताव अघि बढ्ने बताएसँगै खनालले संशोधन प्रस्ताव फिर्ता नलिएसमम संसद चल्न नदिने बताएका हुन् ।


राजधानीमा शनिबार आयोजित एक सहकारीको कार्यक्रममा बोल्दै खनालले भने, ‘राष्ट्र हितविपरितको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न दिँदैनौं ।’
संशोधनको प्रस्ताव राष्ट्रियताको सवालसँग जोडिएको भन्दै खनालले भने, ‘राष्ट्रियताको विरुद्ध सत्ताधारी दलनै लागेको छ । राष्ट्रियतालाई बचाउनु अहिलेको आवश्यकता हो र एमाले आफ्नो कर्तब्य ठान्छ । ’ उनले कांग्रेस र माओवादी विदेशीको इशारामा चलेको समेत आरोप लगाए ।
उनले संशोधनको विषयमा आज बस्ने एमाले स्थायी कमिटी बैठकले कठोर निर्णय गर्ने समेत बताए । संशोधन प्रस्तावको विषयमा छलफल र हिजो भएको जनप्रदर्शनको समिक्षा गर्न आज एमाले स्थायी कमिटी बैठक बस्दैछ । - रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget