Websoft University

www.radiomakalu.com || 021-522512


लोकतन्त्र र अग्रगमन सहिदका बलिदानको परिणाम : राष्ट्रपति भण्डारी

Bidhya-Devi-Bhandari


काठमाडौँ, माघ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् सहिदका त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उहाँहरूले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गर्नुभएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले वीर, अमर, त्यागी र भविष्यद्रष्टा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमतिमार्फत शान्ति, विकास गर्न सकेमा मात्र सहिदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताउनुभएको छ ।

राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवम् मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget