Websoft University

www.radiomakalu.com || 021-522512


संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदको सपना प्रेरणादायी–प्रम दाहाल


puspa kamal dahal prachanda_1
काठमाडौँ, माघ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ ।

सहिद दिवसका अवसरमा आज प्रधानमन्त्री प्रचण्डले दिनुभएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदको योगदान सधंँै स्मरणीय रहने उल्लेख गर्नुभएको छ । “माघ १६ नेपाल र सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु”–सन्देशमा उल्लेख छ ।

नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा सहिदहरूको योगदान उच्च रहेको बताउँदै प्रधानमन्त्री दाहालले राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकालविरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेस आन्दोलनलगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जेजति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महसुस गर्न आजको ऐतिहासिक दिनबाट शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget