Websoft University

www.radiomakalu.com || 021-522512


कुलमानले जनतासँग मागे सहयोग, कर्मचारी नआए आफैं मिटर रिड गरेर बिल तिर्नुस्


kulman-ghising
काठमाडौं, माघ १३ गते । मिटर विगारेर विद्युत चोरी गरेको आरोपमा बहालवाला कर्मचारी नै पक्राउ परेपछि विद्युत प्राधिकरणले २४ सय कर्मचारीको सरुवा गर्‍यो ।

एकै चोटी सयौं कर्मचारीको सरुवा भएपछि दैनिक मिटर रिडिङ प्रभावित भएको छ ।

यो समस्या समाधानका लागि विद्युत प्राधिकारणका प्रमुख कुलमान घिसिङले जनतासँग सहयोग मागेका छन् । उनले यदि मिटर रिडर नआए आफैं मिटरमा उठेको अंक टिपेर महसुल तिर्न आउन आग्रह गरेका छन् ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सरुवा भएकाहरुको रमाना लिने र सम्वन्धित ठाउँमा पुग्न केही समय लाग्न सक्छ । यसले विद्युतको महसुल बुझाउने समय घर्किने र आम उपभोक्ताले जरिवाना तिर्नु पर्ने हुनसक्छ ।

आफ्नो कर्मचारी व्यवस्थापनकै कारण आम उपभोक्ता मर्कामा नपरुन भनेर आफैं मिटरमा उठेको अंक टिपेर महसुल बुझाउन आउन आउन प्राधिकरणले अपील गरेको छ ।

प्राधिकरणको अपील यस्तो छ


अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget