Websoft University

www.radiomakalu.com || 021-522512


फेरि टुट्यो रियल मड्रिडको ट्रिबेल ड्रिम

rral-madrid

अघिल्लो साता सेभिल्लासँग हार्नु अघि रियल मड्रिडले ४० खेलमा अपराजित स्पेनिस रेकर्ड बनायो । र, बार्सिलोनाको ३९ खेलको रेकर्ड तोड्दै अघि बढेको स्पेनिस जाइन्टले ट्रिबेलको सपना देख्न थालिसकेको थियो ।

रियल मड्रिडले अहिलेसम्म ८४ उपाधि जितेको छ, जसमा ३२ पटक ला लिगा छ च्याम्पियन्स लिग सबैभन्दा बढी ११ पटक जितेको रेकर्ड पनि उसकै नाममा छ ।

तर, अहिलेसम्म च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे एकै सिजनमा जित्न सकेको छैन ।

चिरप्रतिद्वन्द्वी बार्सिलोनाले पेप ग्वार्डिओलाको प्रशिक्षणमा २००९-१० मा लुइस इनरिकेको प्रशिक्षणमा २०१४/१५ मा टि्रबेल उपाधि जितिसकेको छ । यसले पनि रियल मड्रिडका लागि यो ठूलो सपना थियो, जुन जिदानको नेतृत्वमा सम्भव देखेको थियो ।

नदेखोस् पनि किन ? जिनेदान जिदान प्रशिक्षक भएकै वर्ष च्याम्पियन्स लिग जितेको रियलले एकपछि अर्को खेलमा सुधारिएर प्रदर्शन गरेको थियो ।

च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको थियो भने ला लिगामा लिड गरिरहेकै थियो । कोपा डेलमा पनि उसले प्रभावशली प्रदर्शन गर्दै आएको थियो ।

तर, अघिल्लो साता सेभिल्लासँग पराजित भएपछि रियलको उडानमा केही ब्रेक लाग्यो । बिहीबार राति भने ला लिगाको मध्यक्रममा रहेको सेल्टाभिगोले रियल मड्रिडले स्तब्ध मात्र पारेन, ट्रिबेलको सपना चकनाचुर पारेको छ ।

पहिलो लेगमा २-१ को जित निकालेको सेल्टाले बिहीबार घरेलु मैदानमा २-२ को बराबरी खेल्यो र, समग्रमा ४-३ को जित हात पार्दै रियललाई घरको बाटो देखायो ।

तर, अझै रियल मड्रिडसँग प्रमुख दुई उपाधि ला लिगा र च्याम्पियन्स लिग जित्ने सम्भावना कायमै छ ।

प्रशिक्षक जिदानले पनि अब बाँकी दुई उपाधिका लागि केन्द्रित हुनु पर्ने बताएका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीसँग दुई प्रतियोगिता बाँकी छ र, त्यसलाई जित्न सिजनको अन्त्यसम्म खेल्नुपर्छ ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget