Websoft University

www.radiomakalu.com || 021-522512


सरकारी डाक्टरले निजी संस्थामा काम गर्न अनुमति लिनुपर्ने


Doctor
काठमाडौं, माघ १३ गते । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले ड्युटी आवर बाहेकको समयमा निजी स्वास्थ्य संस्थामा काम गर्नु परे सरकारको अनुमति लिनु पर्ने भएको छ ।

अहिले सरकारी चिकित्सक तथा स्वाथ्यकर्मीहरु ड्याटीकै समयमा पनि निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा भेटिने गरेको जनगुनासो छ ।

यसलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले पालना गर्नु पर्ने सेवा शर्त सम्बन्धी कार्यविधि ०७३ ल्याएको छ । मन्त्रिपरिषदबाट पारित भएको यो कार्यविधि अनुसार अब सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी आवर विहान ९ देखि दिउँसो ३ बजेसम्म निजी अस्पताल तथा क्लिनिकमा काम गर्न पाउँदैनन् । यदि साँझ ५ बजेसम्म काम गरे सरकारले नै ‘ओभरटाइम’ भत्ता दिनेछ ।

र, सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुहरुले विहान ९ बजे अगावै र अपराहृन ३ वा ५ बजेपछि निजी अस्पताल तथा क्लिनिकमा काम गर्न चाहे अनुमति लिनु पर्नेछ ।

यसको लागि फागुन मसान्तभित्र निवेदन दिई अनुमति लिन मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ । अनुमतिका लागि मन्त्रालयलको वेभसाइट वा इमेलमार्फत पनि निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

साथै निजी अस्पताल र क्लिनिकहरुले पनि सूचना बोर्डमा आफू कहाँ काम गर्ने र सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीको नामका साथै अनुमति लिए नलिएको खुलाउनु पर्नेछ ।

अन्यथा निजी संस्थाको सञ्चालन अनुमति नै खारेज गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विदा वा काजमा बस्दा संस्थाको सेवा अवरुद्ध नहुने गरी बस्नुपर्नेछ र तोकिएको निकायबाट स्वीकृति लिनु पर्नेछ ।

अस्पतालले ओपीडी सेवा दिने डाक्टरको नाम, सेवाको दिन र समय देखिने ठाउँमा टाँस्नु पर्नेछ । त्यस्तै लाइन, डिस्प्ले बोर्ड तथा सूचना डेस्क राख्नु पर्ने लगायतका नियम पालना गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

‘मन्त्रिपरिषदको बैठकले कार्यविधि पारित गरेसँगै लागू भएको छ,’ स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले अनलाइनखबरसित भने, ‘केही दिन भित्रमै राजपत्रमा प्रकाशित गरीे सार्वजनिक सूचना मार्फत कार्यान्वयनमा आउनेछ ।’-
अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget