Websoft University

www.radiomakalu.com || 021-522512


उल्फा विद्रोहीको आक्रमणमा तीन भारतीय सैनिकको मृत्यु


india-unrest-northeast
भारतको असम राज्यमा स्थानीय उल्फा विद्रोहीहरुको आक्रमणमा परी तीन भारतीय सैनिकको मृत्यु भएको छ ।

शनिबार तीनसुकिया जिल्लाको पेनगरी क्षेत्रमा गस्तीमा खटिएका सैनिकको गाडीलाई उल्फा विद्रोहीहरुले एम्बुसमा पारेपछि गोली वर्षाएका थिए । गोली प्रहारबाट तीन सैनिकको मृत्यु हुनुका साथै ४ सैनिक जवान घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहानै साढे ५ बजे सेनामाथि आक्रमण गरेर विद्रोहीहरु जंगलतिर भागेका थिए । घटनापछि सेनाले सर्च अभियान चलाएको छ ।

भारतको पूर्वोत्तर राज्य असममा विगत केही दशकदेखि उल्फा विद्रोहीहरुले सशस्त्र गतिविधि गर्दै आइरहेको भए पनि भारत सरकारले त्यसलाई अझैसम्म साम्य पार्न सकेको छैन ।-अनलाइनखबर
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget