
बार्सिलोना – लियोनेल मेस्सी र लुइस सुवारेज बिना मैदानमा उत्रिएको बार्सिलोना मालागासँग गोलरहित बाराबरीमा रोकिएको छ ।
सुवारेज यो खेलका लागि निलम्बित थिए भने मेस्सीले बिरामी हुँदै खेल गुमाए ।
जेरार्ड पिकेले गोल गरेपनि त्यसलाई अफसाइड भन्दै रद्द गरिएको थियो । त्यस्तै आन्द्रे गोमेजको प्रहार पोस्टमा लागेको थियो ।
मालागा भने आफ्ना दुई खेलाडी गुमाउँदै खेलमा ९ खेलाडीमा सिमित बनेको थियो । मालागाका डिएगो लोरेन्टे र हुवान कार्लोसले रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो ।
खेलमा बार्सिलोनाले पूर्ण नियन्त्रण राखे पनि मालागाविरुद्ध गोल भने गर्न सकेन । बार्सिलोनाले मालागाको पोष्टमा २८ पटक आक्रमण गरे पनि सफल भएन ।
बराबरीपछि बार्सिलोना दोस्रो स्थानमा कायम रहे पनि शीर्ष स्थानमा रहेको रियलभन्दा ४ अंकले पछि परेको छ ।
उता, सेभियाले २–० ले स्थिति उल्टाउँदै डेर्पोटिभने ला कोरुनाविरुद्ध नाटकीय ३–२ को जीत निकालेको छ । जीतसँगै सेभिया लिगको तेस्रो स्थानमा रहेको छ ।-रातोपाटी
Post a Comment