Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङमा पहिरोले गाउँ नै बगायो, तीन जनाको मृत्यु

Landslide-in-Taplejgung

ताप्लेजुङ, भदौ १८ गते । लगातारको बर्षापछि ताप्लेजुङमा गएको पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन् ।

ताप्लेजुङ नगरपालिका-२ दोखुमा पहिरोले घर पुरिदा निरौला टोलका २८ बर्षीया बिमला मगर, उनका ९ र ७ बर्षका छोराहरु मनोज र ललित मगरको मृत्यु भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

उनीहरुको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले पुरिएको घरबाट विहानै निकालेका थिए ।

पहिरोले घर बगाउदा ताप्लेजुङ नगरपालिका ८ कि स्थानीय सुब्बेनी माईली भनेर चिनिने दिलकुमारी पालुङवा बेपत्ता भएकी छिन् । उनकी बहिनी कृष्णकुमारी पालुङ्वा गम्भिर घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडाको धेरै स्थानमा पहिरो गएको छ । पहिरोले घर पुर्दा पूर्ण र आंशिक गरी करिव ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

सबै भन्दा ठुलो पहिरो गएको ताप्लेजुङ नगरपालिका ८ मा मात्र ३२ घर पहिरोले बगाएको छ भने १ सय ५५ जना विस्थापित भएका छन् ।

अन्य वडाको घरमा क्षति पुगेको विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । अन्य स्थानको समेत विवरण संकलन गर्ने काम भइरहेकाले आइतबारसम्म क्षतिको पुर्ण विवरण आउने उनको भनाइ छ ।

विस्थापितको विद्यालयमा बास



पहिरोका कारण सबै भन्दा बढि विस्थापित ताप्लेजुङ नगरपालिका ८ का ३२ घरका १ सय ५५ जनालाई नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

उनिहरुलाई ताप्लेजुङ नगरपालिका ८ हिटीस्थित होराइजन बोर्डिङ स्कुलमा राखिएको छ । उनिहरुलाई स्थानीयको सक्रियतामा उद्धार गर्नसाथ शनिवार विहान चाउचाउ र चिउरा वितरण वितरण गरिएको थियो ।

धेरैको घर पुर्णरुपमा क्षतिग्रस्त भएको र अधिकांशको बस्न सक्ने अबस्थामा नरहेकाले अस्थाई रुपमा राखिने प्रजिअ पाण्डेको भनाइ छ । पहिरोले ताप्लेजुङ नगरपालिकाको अधिकांश वडा साथै नाङ्खोल्याङ, फूलबारी, तिरीङ्गे, गाविसका केहि घर समेतमा क्षति पुगेकाले उनीहरु सबैलाई सुरक्षित स्थानमा सारीएको प्रहरीले बताएको छ ।

क्षतिको विवरण संकलन गर्न समिति गठन

शनिबार दिउँसो नै बसेको विपत व्यवस्थापन समितिको बैठकले पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न ताप्लेजुङ नगरपालिकाका हरिप्रसाद बरालको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।



समितिको सदस्यहरुमा जिल्ला कृषि विकास कार्यालयबाट एकनाथ भण्डारी, जिल्ला पशुसेवा कार्यालयबाट कुलबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालयबाट शैलेन्द्र यादव, नेपाल रेडक्रस सोसाईटिबाट कमल प्रसाद भट्टराई, जिल्ला खानेपानिकार्यालयबाट भिमबहादुर तामाङ र उद्योग वणिज्य संघबाट भिष्मराज बराल छन् ।

टोलीले पहिरोले पुर्‍याएको भौतिक, पशु, कृषि लगायतको क्षतिको विवरण संकलन गरी विपत व्यवस्थापन समितिलाई बुझाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

बैठकले पहिरोका कारण अबरुद्ध मेचि राजमार्गको ताप्लेजुङ-पाँचथर सडक अन्तर्गत सदरमुकाम-खोक्सेखोला खण्ड सफाई गरी चाँडो यातायात सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।-रविन भट्टराई,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget