Websoft University

www.radiomakalu.com || 021-522512


जातीय एकता र सद्भावको पर्वका रुपमा तीज



भक्तपुर, भदौ १९ गते । नेपाली हिन्दू महिलाको ठूलो चाड तीज ब्राह्मण, क्षेत्री लगायत समुदाय मात्र नभई नेवार सहित अन्य जनजातिले पनि मनाउँदैछन् ।

विशेषगरी ब्राह्मणक्षत्रीले मात्रै मनाउँदै आएको तीज पर्व अहिले भक्तपुरका नेवार लगायत अन्य जातजातिका समुदायले जातीय एकता र सद्भावका साथ साझा पर्वका रुपमा मनाउँदैछन् । उनीहरुले दर खाने, तीजको व्रत बस्ने, शिवालय जाने, नाचगान गर्दैछन्् । त्यस्तै बौद्ध धर्म मान्दै आएका समुदायले पनि हिन्दू धर्मावलम्बीसँगै तीज मनाएका छन् ।

भक्तपुरकी समिता ध्वजुले विगतमा ब्राम्हणक्षत्रीले मात्रै तीज मनाउँदा रहर लाग्ने गरे पनि नेवार समुदायले मनाउने होइन भनेर मनाइँदैनथ्यो तर अहिले समयको परिवर्तनसँगै नेवार एवम् अन्य जनजाति समुदायले तीज पनि मनाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबै महिलाको चाड हो, यसलाई बाहुन, क्षेत्रीको मात्र चाड भनेर हेरिनु हँुदैन ।”

भक्तपुरकै ६९ वर्षीया सविना प्रजापति पहिला आफूहरुले तीज नमान्ने गरे पनि अहिले छोरीबुहारीले तीज मानेर रमाएको देख्दा खुसी लाग्ने गरेको बताउनुहुन्छ । ब्राह्मणक्षेत्री महिलाले तीजमा रातो पहिरन, रातै टीका, सिन्दुर, पोते, चुरा लगाएर गीत गाई नाचगान गरेको देखेर आफूलाई पनि रहर लाग्ने गरेको उल्लेख गर्दै तौमढीकी विष्णुमाया कायस्थ अहिले तीजमा आफूहरु पनि रमाइलो गर्न पाएकामा खुसी लागेको बताउनुहुन्छ ।

अहिलेको तीजले जातीय एकता र सद्भावलाई अझ मजबुत बनाएको छ । विभिन्न जातजातिका महिला एकै थलामा बसेर तीज कार्यक्रममा नाचगान गर्दै एकताबद्ध रुपमा मनाउनुलाई सबै जातजातिका महिलाले सकारात्मक रुपमा लिएका छन् ।

शिवालयमा भीड
यहाँका प्रमुख शिवालयमा बिहानैदेखि महिलाको भिड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने दत्तात्रय, केदारनाथको शिर मानिएको सिपाडोलको डोलेश्वर महादेव, आशापुरी महादेव, चित्तपोलको कैलाशनाथ, सिरुटारको सोमलिङ्गेश्वर र गुप्तेश्वर, कटुन्जेको सुवर्णेश्वर र गुन्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा महिला दर्शनार्थीको घुइँचो लागेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget