Websoft University

www.radiomakalu.com || 021-522512


महिलाको नाममा जग्गा पास गर्ने बढे



फलेवास (पर्वत), भदौ १९ गते । राजस्वमा छुट गराउन महिलाको नाममा जग्गा पास गराउनेको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ ।

राजस्वमा छुट पाइने भएपछि गत आवमा झण्डै एक हजारले महिलाका नाममा जग्गा पास गराएको जिल्ला मालपोत कार्यलयले जनाएको छ ।
कार्यालयका अनुसार कुल तीन हजार ५२३ जग्गाको कारोबार भएकामा महिलाको नाममा मात्रै ९९९ जग्गा पास भएको छ ।

यस कार्यले महिलामा भूमिमाथिको अधिकार बढ्दै गएको मालपोत कार्यलयका प्रमुख सुरणकुमार पौडेलले बताउनुभयो । आफ्नो नाममा जग्गा पास गराउने महिलामध्ये ६०१ ग्रामीण क्षेत्रका तथा बाँकी ३९८ सहरी क्षेत्रका हुन् ।
सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा महिलाको सङ्ख्या बढी हुनु र पछिल्ला वर्षमा सरकारले महिला, दलित, सहिद परिवार, अपाङ्ग, वृद्धवृद्धा, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीजस्ता शीर्षकमा महिलाको हक कायम गराउन दस्तुरमा छुट दिने गरेकाले महिलाका नाममा जग्गा पास गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको उहाँले बताउनुभयो ।

यसअघि महिलाका नाममा जग्गा पास गराउनेको संख्या न्यून थियो ।

सरकारले ग्रामीण क्षेत्रका महिलाले आफ्नो नाममा जग्गा पास गरे ३० प्रतिशत र सहरी क्षेत्रमा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । ९९९ महिलाका नाममा जग्गा रजिस्ट्रेसन पास गरेबापत सरकारले रु ५० लाख ४० हजार ८१२ छुट दिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget