Websoft University

www.radiomakalu.com || 021-522512


तीजमा पशुपतिको सुरक्षा व्यवस्था कडा, तीन हजार प्रहरी परिचालन


३० वटा सीसी क्यामेराबाट निगरानी

Teej-Security-2073
काठमाडौं,भदौ १९ गते । हरितालिका तीजको अवसरमा हुने आपराधिक घटनालाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

विषेश गरेर महिलाहरुको घुइँचो लाग्ने पशुपति क्षेत्रमा काठमाडौं प्रहरी परिसरले सुरक्षा व्यवस्था कडा बनाएको हो । महिलाहरु गरहगहना लगाएर जाने र लुटपाट हुने भएकाले पशुपति क्षेत्रमा तीन हजार प्रहरी परिचालन भएको काठमाडौंका एसएसपी विक्रम सिंह थापाले बताए ।

पशुपति क्षेत्रमा सादा पोशाकका महिला प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएको छ भने ठाउँ-ठाउँमा प्रहरी सहायता कक्ष राखिएको छ ।

त्यस्तै चोरी तथा लुटपाट हुन सक्ने भन्दै पशुपति क्षेत्रमा पुरुषहरुलाई प्रवेशमा निषेध गरिएको पनि एसएसपी थापाले बताए ।

पशुपति क्षेत्रको निगरानीका लागि ३० वटा सीसी क्यामेरा राखिएको छ । गौरीघाट, मित्रपार्क, गौशाला लगाएतका क्षेत्रहरुबाट यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै पाशुपतिका चारै ढोका खुल्ला गरिएको छ भने ति क्षेत्रमा स्वयमसेवकको रुपमा पनि प्रहरी नै परिचालन भएका छन् ।

विषेश गरेर गहना लगाएर गएका महिलाहरु लुटेराहरुको निशानामा पर्ने गरेका छन् । त्यस्ता आपराधीक समुहलाई निशानामा राखेर सुरक्षा व्यवस्था कडा बनाएकाले अहिलेसम्म कुनै पनि अपि्रय घटनाहरु नभएको एसएसपी थापाले बताए ।

प्रहरीले तीजमा तडक भडक नदेखाउन र गरगहना लगाएर हिँडडुल नगर्न सबैलाई अनुरोध पनि गरेको छ ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget