Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमा ‘क्रिकेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत, ‘सल्लाहकार’ समिति आजै बन्ने

Pm Prachanda with Icc ceo David Richardson

काठमाडौं,भदौ १९ गते । सरकार र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) नेपाली क्रिकेटको समस्या समाधानका लागि क्रिकेट विकास बोर्ड’को अवधारणामा जान सहमत भएका छन् । यसको तयारीका लागि आजै सल्लाहकार वा नर्मलाइज समिति गठन गरिनेछ ।

नेपाल भ्रमणमा रहेको आईसीसीका कार्यकारी अधिकृत (सीइओ) डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो ।

बालुवाटारमा भएको भेटमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव विष्ट पनि सहभागी थिए ।

छलफलमा नेपाली पक्षले अब क्रिकेट एशोसिएसनको सट्टा क्रिकेट विकास बोर्डको अवधारणामा जाने प्रस्ताव राखेको छ । ‘मैले नै बोर्डको अवधारणामा जाने प्रस्ताव राखेको थिएँ, यसमा आइसीसीको सीइओ सकारात्मक हुनुहून्छ’, खेलकुदमन्त्री श्रीपाइलीले अनलानखबरसँग भने ।

भेटमा सहभागी राखेप सदस्य सचिव विष्टका अनुसार क्रिकेट विकास बोर्ड गठन गर्न आइसीसी सहमत भएको छ । बोर्ड गठन गर्दा बढी सावभौम हुने र राजनीतिक हस्तक्षेप कम हुन्छ भन्ने आइसीसीको पनि बुझाइ छ । तर, सरकारले भनेको जस्तो बोर्ड गठनका लागि आवश्यक विधेयक बनाएर संसदबाट पास गर्न जरुरी छ ।

तत्काल ‘सल्लाहकार’ समिति गठन गर्ने

बालुवाटार बैठकमा तत्काल एउटा समिति गठन गर्ने सहमति भएको छ । यसको नाम नर्मलाइज कमिटी वा सल्लाहकार समिति के दिने भन्ने टुंगो लागेको छैन । ‘यस्तो समिति ५ देखि ७ सदस्यीय हुन्छ र आजै घोषणा हुन्छ, राखेप सदस्य सचिव विष्टले भने । उनका अनुसार सबै पक्षबाट नाम लिएर आजै यसको घोषणा हुनेछ । अपराहृन ४ बजे पत्रकार सम्मेलन समेत राखिएको छ ।

यो समितिले नेपाल क्रिकेट संघ क्यानको विधानबारे छलफल गरेर बार्ड गठनका लागि आवश्यक गृहकार्य गर्नेछ । मन्त्री श्रीपाइलीले भने, समितिले विधान बनाएपछि तीन महिनाचित्र चुनाव गर्ने लक्ष्य छ ।’

बोर्ड गठन स्वीकार्य छः प्याकुरेल

निर्वाचन क्यानले अहिलको विधानमा बोर्ड गठन गर्ने कुनै प्रावधान नरहे पनि नियमसम्वत ढंगले गठन भए स्वीकार गर्ने बताएको छ । महासचिव अशोकनाथ प्याकुरेलले भने बोर्डको विषय आइसीसीले पनि मान्नुपर्छ । ऐन बनाएर अघि बढ्छ भने हामीलाई आपत्ति छैन ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget