Websoft University

www.radiomakalu.com || 021-522512


अफगानिस्तानमा बस र ट्यांकर ठोक्किँदा ३६ को मृत्यु, २८ घाइते

Road-Accident-in-Afghanista

अफगानिस्तान,भदौ १९ गते । अफगानिस्तानको जाबुल प्रान्तमा आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् ।

दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको जाबुल प्रान्तका प्रशासक बिस्मिल्लाह अफगानमलले जानकारी दिएका छन् ।

कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रु बस इन्धन ट्यांकरसँग ठोक्किएका थिए ।

जाबुलका प्रहरी उपप्रमुख गुलाम जिलानी फराहीका अनुसार घाइतेहरुलाई प्रान्तीय केन्द्र कलात र छिमेकी कान्दाहार प्रान्तका अस्पतालमा उपचारका लागि लगिएको छ ।

View image on Twitter



Follow

Pajhwok Afghan News
✔@pajhwok



Update: 36 were killed and 28 wounded in a traffic accident on Kabul-Kandahar highway.#AFG
9:48 AM - 4 Sep 2016

99 Retweets
1515 likes





युद्धग्रस्त अफगानिस्तानमा विश्वकै सबैभन्दा डरलाग्दा भनी चिनिएका सडकखण्ड छन् । ती सडकखण्डको अवस्था निकै खराब हुने र चालकहरुले यातायातको नियम पनि पालना नगर्ने भएकाले धेरै दुर्घटना हुने गरेको अधिकारहरु बताउँछन् ।

गत मे महिनामा गजनी प्रान्तमा दुई यात्रुबाहक बस तथा एक इन्धन ट्यांकर दुर्घटना हुँदा कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको थियो ।

२०७३ अफगानिस्तान । अफगानिस्तानको जाबुल प्रान्तमा आइतबार बिहान बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् ।

दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको जाबुल प्रान्तका प्रशासक बिस्मिल्लाह अफगानमलले जानकारी दिएका छन् ।

कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रु बस इन्धन ट्यांकरसँग ठोक्किएका थिए ।

जाबुलका प्रहरी उपप्रमुख गुलाम जिलानी फराहीका अनुसार घाइतेहरुलाई प्रान्तीय केन्द्र कलात र छिमेकी कान्दाहार प्रान्तका अस्पतालमा उपचारका लागि लगिएको छ ।

View image on Twitter



Follow

Pajhwok Afghan News
✔@pajhwok



Update: 36 were killed and 28 wounded in a traffic accident on Kabul-Kandahar highway.#AFG
9:48 AM - 4 Sep 2016

99 Retweets
1515 likes





युद्धग्रस्त अफगानिस्तानमा विश्वकै सबैभन्दा डरलाग्दा भनी चिनिएका सडकखण्ड छन् । ती सडकखण्डको अवस्था निकै खराब हुने र चालकहरुले यातायातको नियम पनि पालना नगर्ने भएकाले धेरै दुर्घटना हुने गरेको अधिकारहरु बताउँछन् ।

गत मे महिनामा गजनी प्रान्तमा दुई यात्रुबाहक बस तथा एक इन्धन ट्यांकर दुर्घटना हुँदा कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको थियो ।-अनलाइनखबर
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget