Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री दाहाल भारतबाट फर्केको भोलिपल्टै अमेरिका जाने



प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ३ गते अमेरिका भ्रमणमा जाने भएका छन्। भारत भ्रमणबाट फर्केको भोलिपल्टै प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन अमेरिका जाने भएका हुन्।

राष्ट्रसंघको महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल अमेरिका जाने प्रधानमन्त्री कार्यालयले सेतोपाटीलाई जानकारी दिएको छ।

महासभामा नेपाल सरकारको तर्फबाट सम्बोधन गरी असोज ११ गते फर्किने आन्तरिक तयारी भइरहेको छ। यद्यपी मन्त्रिपरिषदबाट भ्रमणबारे औपचारिक निर्णय हुन बाँकि रहेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

असोज ३ गते संविधानसभाबाट मुलुकको नयाँ संविधान जारी भएको उपलक्ष्यमा पहिलो वार्षिक उत्सवको विशेष कार्यक्रममा सहभागी भएलगत्तै प्रधानमन्त्री दाहाल साँझ अमेरिकाका लागि प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री दाहालले न्यूयोर्कमा रहँदा राष्ट्रसंघका महासचिवदेखि विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भदौ ३० गते प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको तयारीका लागि विशेष दूतका रुपमा भारत भ्रमणमा गएर फर्किएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीचको दईपक्षीय भेटवार्ताका लागि भदौ ३१ गतेको समय मिलाएका छन्।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले दुई देशबीच आपसी सम्बन्धलाई थप मजबुद बनाउन र नेपालको विकास निर्माण प्रक्रियामा विभिन्न नयाँ र पुराना आयोजनाको विषयमा दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

साउन २० गते दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट शुरु हुनेछ। उक्त भ्रमणका अवसरमा भारतीय सरकारका विभिन्न उच्च अधिकारीहरु तथा त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरुसँगको भेटवार्ता गरी असोज २ गतेमात्रै फर्कने कार्यक्रम रहेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget