Websoft University

www.radiomakalu.com || 021-522512


लुम्बिनी विवि राम्रोसँग सञ्चालन गरिने प्रतिबद्धता



काठमाडौँ, भदौ १९ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज भेटी विश्वविद्यालयका समस्याका बारेमा जानकारी गराउनुभएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान वज्राचार्यको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले विश्वविद्यालयको ऐनमा जनस्तरबाट विश्वविद्यालय सञ्चालन गर्ने भनिएकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नकारात्मक असर र भ्रम सिर्जना भएकाले त्यसलाई संशोधन गरी सरकारलाई विश्वविद्यालयको स्वामित्व ग्रहण गर्न माग ग¥यो ।
रजिस्ट्रार तिलकराम आचार्यले विश्वविद्यालयले अहिलेसम्म गरेका विभिन्न गतिविधि तथा प्रगतिका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनुभयो । प्रधानमन्त्री दाहालले विश्वविद्यालयलाई राम्रोसँग सञ्चालन गर्न सरकारले आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी उपकुलपति वज्राचार्यले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget